२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

भारतभन्दा सस्तो मूल्यमा २ हप्तापछि नेपाल आउँदै नथिङ फोन ३, प्रि-बुकिङ गर्दा २८ हजारसम्म फाइदा

काठमाडौँ । फरक डिजाइन तथा पारदर्शी फोनको रूपमा छुट्‍टै पहिचान बनाएको नथिङले आफ्नो नयाँ स्मार्टफोन ‘नथिङ फोन थ्री’ नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ३१ असारमा दुई स्टोरेज भेरियन्टमा नयाँ फोन नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

परिष्कृत र पारदर्शी डिजाइनलाई निरन्तरता दिँदै कम्पनीले यस पटक नेपाली बजारलाई विशेष प्राथमिकतामा राखेको छ । यो फोन भारतमा भन्दा सस्तो मूल्यमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

नेपालमा नयाँ फोन उपलब्ध गराउने निश्चित भइसकेपछि कम्पनीले विभिन्न प्रि-बुकिङ अफर पनि दिन सुरु गरेको छ । यस अन्तर्गत प्रि-बुकिङ गर्ने नेपाली ग्राहकले बजार मूल्यमा १९ हजार रुपैयाँ छुट पाउनेछन् । साथै त्यसैमा साढे नौ हजार रुपैयाँ पर्ने सीएमएफ बड्स प्रो टु समेत निःशुल्क उपलब्ध गराउने दिइने कम्पनीले जनाएको छ । यो अफर सुरुवाति १०० ग्राहकले पाउनेछन् । यस हिसाबले प्रि-बुकिङ गर्ने ग्राहकले कूल साढे २८ हजार रुपैयाँसम्मको लाभ उठाउन सक्नेछन् । 

फोनको डिजाइन र प्रदर्शन पनि उत्तिकै आकर्षक छ । यसमा नयाँ ‘ग्लिफ म्याट्रिक्स’ सहितको प्रिमियम र पारदर्शी बनावट, फ्ल्यागशिप-स्तरको पर्फमेन्स र पृथक् युजर एक्सपिरियन्स रहेको छ । यसका साथै ग्राहकको सुविधाका लागि नागरिकताको आधारमा ४० प्रतिशत डाउन पेमेन्टमा बाँकी रकम शून्य प्रतिशत ब्याजदरको १२ महिने किस्ताबन्दीमा तिर्न सकिने सुविधा पनि उपलब्ध छ ।

नेपाली बजारमा यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध हुनेछ । १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको अधिकतम बजार मूल्य एक लाख २७ हजार ९९८ रुपैयाँ तोकिएको छ । तर प्रि-बुकिङमा यसलाई मात्र एक लाख नौ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ । 

त्यस्तै १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको अधिकतम मूल्य एक लाख ४३ हजार ९९८ रुपैयाँ रहेकामा प्रि-बुकिङ मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

दुवै भेरियन्टको प्रि-बुकिङमा सीएमएफ बड्स प्रो टु निःशुल्क पाइनेछ । यसको प्रि-बुकिङ ४ देखि १४ जुलाईसम्म चल्नेछ भने १५ जुलाईदेखि फोन बजारमा विक्रीका लागि उपलब्ध हुनेछ । यहाँ क्लिक गरेर प्रि-बुकिङ गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ २०:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट