२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

बाढीको पूर्वसूचना दिन बाँकेमा १० ओटा साइरन जडान

काठमाडौँ । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकामा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै वार्निङ (चेतावनी) दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा साइरन जडान गरिएको हो ।

नरैनापुर गाउँपालिकाको वडा नं. ५ अन्तर्गत मटेहिया र गङ्गापुर तथा वडा नं. ६ अन्तर्गत भगवानपुर र सोनवर्षामा साइरन जडान गरिएको छ । यस्तै, राप्ती सोनारी गाउँपालिकाको वडा नं. २ को दर्शनापुर, टिकुली र वडा नं. ३ तथा ७ मा अन्य ६ स्थानमा साइरन राखिएको छ ।

साइरन जडानको सुरुवात सामाजिक विकास मञ्च बाँकेले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा तीन स्थानबाट गरेको थियो । बाँकी स्थानहरूमा सोसल डेभलपमेन्ट फोरममार्फत जडान गरिएको सामाजिक विकास मञ्चका परियोजना अधिकारी सहजराम यादवले जानकारी दिए ।

उनका अनुसार साइरनहरू गत वर्ष नै जडान गरिएका हुन् । एक साइरनको लागत लगभग सात लाख रुपैयाँ परेको छ । नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिन्छ । साथै, लु, आगलागी वा अन्य प्राकृतिक विपद्को अवस्थामा समेत सन्देश प्रसारण गर्न सक्ने क्षमता यसमा रहेको यादवले बताए ।

साइरनको सञ्चालन तथा प्राविधिक व्यवस्थापन सम्बन्धित पालिकाकै जिम्मामा रहेको छ । पालिकाहरूले आफ्ना विपद् व्यवस्थापन शाखामार्फत निगरानी गर्दै आएका छन् ।

नरैनापुर गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन । “तर विपद् आएको अवस्थामा साइरनबाट तत्कालै सूचना दिएर नागरिकलाई सावधानी अपनाउन जानकारी दिन सकिन्छ,” उनले भने ।

राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन् । गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताए ।

उनका अनुसार गाउँपालिकाको वेबसाइटमार्फत साइरनलाई नियन्त्रित गर्न सकिन्छ । आवश्यक सूचना तयार गरी स्थानीय भाषासहित साइरनमार्फत प्रसारण गर्न सकिने भएकाले बाढी, लु, आगलागीजस्ता विपद्को जोखिममा तत्काल सूचना दिन यो प्रविधिले समुदायलाई सतर्क गराउन सहयोग पुर्‍याएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १४:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट