२०८२ भाद्र १० मंगलवार
२०८२ भाद्र १० मंगलवार

ईभी ठिकै हो, तर सबैलाई किन्न बाध्य पार्नु हुँदैन: ट्रम्प

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदान कटौती गर्ने चेतावनी दिएका छन् । उनले विद्युतीय सवारी (ईभी) राम्रो भए पनि सबैलाई किन्न बाध्य पार्ने नीतिको आफू सधैं विपक्षमा रहेको बताउँदै संघीय सरकारको पैसा बचत गर्न मस्कलाई दिइने अनुदानमाथि गहिरो नजर राख्न डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी (डज) लाई सुझाव दिएका छन् ।

मस्कले ट्रम्पको खर्बौं डलरको कर विधेयकलाई समर्थन गर्ने लगभग सबै रिपब्लिकन सांसदहरूको आलोचना गरेपछि ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो ।

१ जुलाईमा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भने, “एलन मस्कले मलाई राष्ट्रपतिका लागि समर्थन गर्नुभन्दा धेरै अघिदेखि नै म ईभी म्यान्डेटको घोर विरोधी हुँ भन्ने कुरा थाहा पाएका थिए । यो हास्यास्पद छ र मेरो चुनावी अभियानको सधैं एक प्रमुख हिस्सा थियो ।”

उनले थपे, “इलेक्ट्रिक कारहरू ठीकै छन्, तर सबैलाई किन्न बाध्य पार्नु हुँदैन । एलनले सायद इतिहासमा कुनै पनि मानवभन्दा धेरै अनुदान पाएका छन्, र अनुदानबिना उनले सायद आफ्नो पसल बन्द गरेर दक्षिण अफ्रिका फर्कनु पर्नेछ । त्यसपछि रकेट प्रक्षेपण, स्याटेलाइट वा इलेक्ट्रिक कार उत्पादन केही हुने छैन । अनि हाम्रो देशले ठुलो सम्पत्ति बचत गर्नेछ ।”

ट्रम्पको यो आक्रोश मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन सांसदहरूप्रति लक्षित गरेको टिप्पणीपछि आएको हो । शनिबार सिनेटमा कर प्याकेजमाथि छलफल सुरु भएपछि मस्कले ती सांसदहरूले ‘लाजले शिर झुकाउनुपर्ने’ बताउँदै ‘जनताको साँच्चै ख्याल गर्ने नयाँ राजनीतिक दल’ को आवश्यकता औंल्याएका थिए ।

यो घटनाले ट्रम्प र मस्कबिच तनाव नरोकिएको अवस्थालाई चित्रण गरेको छ । ट्रम्पको यो चेतावनीले यदि उनी पुनः निर्वाचित भएमा मस्कको व्यापारिक साम्राज्यमाथि पर्न सक्ने सम्भावित असरबारे पनि बहस सिर्जना गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १७:८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट