२०८२ असार १५ आईतवार
२०८२ असार १५ आईतवार

माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा एकैपटक ६२ जना चिकित्सक प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

प्रचण्डले चिकित्सकहरूको पार्टी प्रवेशलाई अर्थपूर्ण भएको बताउँदै, यसले मधेशसहित देशभर सकारात्मक सन्देश गएको उल्लेख गरे। ‘मधेशका जनताका लागि यो एउटा राम्रो सन्देश हो,’ उनले भने, ‘तपाईंहरूले आँट गर्नुभयो, त्यो पनि सही ठाउँमा। तपाईंहरूको निर्णयप्रति म सम्मान प्रकट गर्छु।’

पार्टी प्रवेश गरेका अधिकांश चिकित्सकहरू मधेश क्षेत्रबाट आएका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले स्वास्थ्य सेवा र समाज रूपान्तरणमा संलग्न रहेका चिकित्सकहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। उनले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीको नीति, दृष्टिकोण र कार्यक्रमबारे उपयुक्त जानकारी दिन पार्टी पंक्तिलाई निर्देशनसमेत दिए।

डाक्टरहरूको यो सामूहिक प्रवेश माओवादी केन्द्रका लागि शक्ति विस्तार र सामाजिक रूपान्तरणमा प्रगतिशील सोच बोकेका पेशेवरहरूको आकर्षणको रूपमा पनि हेरिएको उनले बताए। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट