२०८२ असार ५ बिहीबार
२०८२ असार ५ बिहीबार

इरानका सर्वोच्च नेता खामेनीले भने, ‘इजरायली शासकलाई कडा जवाफ दिन्छौँ, कुनै दया राखिनेछैन’

एजेन्सी – इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खामेनीले इजरायलविरुद्ध युद्धको घोषणा गर्दै कडा जवाफ दिने बताएका छन् । खामेनीले सामाजिक सञ्जाल एक्समा इजरायली शासकलाई कडा जवाफ दिने र कुनै दया नदेखाउने बताएका हुन् । यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ, जसमा खेरी शकन क्षेप्यास्त्र प्रयोग भएको दाबी गरिएको छ । यसले एक हजार चार सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानको आक्रमणले तेल अभिभस्थित मोसादसहित गुप्तचर एजेन्सीका भवनहरूलाई निशाना बनाएको छ । इरानको राजधानी तेहरान र कारजमा विस्फोटका आवाज सुनिएका छन् । इजरायली सेनाले औद्योगिक क्षेत्र र सैन्य अड्डाहरूमाथि आक्रमण गरेको छ । इजरायली सेनाले तेहरानको जिल्ला १८ खाली गर्न चेतावनी जारी गर्दै थप आक्रमणको चेतनावी दिएको छ । 

Ncell 2
Ncell 2

यसैबीच इजरायली सेनाले इरानको परमाणु र सैन्य अड्डाहरूलाई निशाना बनाएर ठूलो आक्रमण गरेको छ । ६० वटा लडाकु विमानले मध्य इरानका ब्यालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रहरूमा आक्रमण गरेको हो । सुरक्षा चिन्ताका कारण जेरुसेलमस्थित अमेरिकी दूतावास शुक्रबारसम्म बन्द रहने अमेरिकी विदेश विभागले जनाएको छ । अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ । 

अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् । इरानसँगको द्वन्द्वबीच इजरायली प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन । यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिनासर्त आत्मसर्मपण गर्न इरानलाई चेतावनी दिएका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट