२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

अहमदावाद जहाज दुर्घटनामा होस्टेलमा रहेका ५ चिकित्सक सहित ३४ जनाको मृत्यु पुष्टि

काठमाडौं-  बिहीबार भारतको अहमदावादमा भएको जहाज दुर्घटनामा रेसिडेन्ट चिकित्सक बस्ने होस्टेलका ३४ जनाको मृत्यु भएको पाइएको छ।  शनिबार थप शव फेल परेसँगै उक्त दुर्घटनामा अहिलेसम्म २७५ जनाको मृत्यु पुष्टि भएको छ।

 बिजे मेडिकल कलेजको होस्टलममा ३४ जनाको शव भेटिएको हो। 

बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएकोमा मा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ रहेको बुझिएको छ।

बिहीबार अहमदावादबाट उडेको जहाज दुई मिनेटमै होस्टलको बिल्डिङमा ठोक्किएर दुर्घटनाग्रस्त बनेको थियो ।

अस्पतालमा अहिलेसम्म २७० भन्दा बढी शवको पोस्टमार्टम भइसकेको छ । यसबाहेक २३० जनाको डीएनए स्याम्पलिङ पनि गरिएको छ ।

विमानमा २४२ जना सवार थिए । जसमध्ये एक जना मात्र बाँचेका छन्।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट