२०८३ भाद्र ३० मंगलवार
LATEST NEWS
२०८३ भाद्र ३० मंगलवार

वर्ल्ड टेस्टमा दक्षिण अफ्रिका बन्यो च्याम्पियन

काठमाडौं– विश्व क्रिकेटका ठूला प्रतियोगितामा सफलताको नजिक पुगेर पनि लगातार चुक्दै आएको दक्षिण अफ्रिकाले अन्ततः शनिबार वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । दक्षिण अफ्रिकाले लर्डसमा भएको फाइनलको चौथो दिन अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्न सफल रह्यो ।

जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले एक दिन भन्दा बढीको खेल बाँकी छँदै पाँच विकेट गुमाएर त्यसलाई पछ्याएको हो । दक्षिण अफ्रिकाको जितका नायक रहे, ओपनर एडेम मारक्रम । उनले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

Ncell 2
Ncell 2

उनले २ सय ७ बलको सामना गरे र १४ चौका प्रहार गरे । नट आउट ब्याटरमध्ये डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए । दक्षिण अफ्रिकाले यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिता जितेको भनेको सन् १९९८ मा हो ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट