२०८२ असार १ आईतवार
२०८२ असार १ आईतवार

वर्ल्ड टेस्टमा दक्षिण अफ्रिका बन्यो च्याम्पियन

काठमाडौं– विश्व क्रिकेटका ठूला प्रतियोगितामा सफलताको नजिक पुगेर पनि लगातार चुक्दै आएको दक्षिण अफ्रिकाले अन्ततः शनिबार वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । दक्षिण अफ्रिकाले लर्डसमा भएको फाइनलको चौथो दिन अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्न सफल रह्यो ।

जितका लागि २ सय ८२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले एक दिन भन्दा बढीको खेल बाँकी छँदै पाँच विकेट गुमाएर त्यसलाई पछ्याएको हो । दक्षिण अफ्रिकाको जितका नायक रहे, ओपनर एडेम मारक्रम । उनले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

Ncell 2
Ncell 2

उनले २ सय ७ बलको सामना गरे र १४ चौका प्रहार गरे । नट आउट ब्याटरमध्ये डेविड बेडिनघमले २१ रन बनाए । यस्तै कप्तान टेम्बा बभुमाले ६६ रनको योगदान दिए । दक्षिण अफ्रिकाले यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आयोजना गर्ने आधिकारिक प्रतियोगिता जितेको भनेको सन् १९९८ मा हो ।

अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय ७ रन बनाएर अलआउट भएपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण लक्ष्य पाएको हो । त्यस अगाडि पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय १२ रन बनाएयता त्यसको जवाफमा दक्षिण अफ्रिकाले १ सय ३८ रन जोडेको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट