२०८२ जेष्ठ ३२ शनिबार
२०८२ जेष्ठ ३२ शनिबार

विद्युत आपूर्ति बन्द हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ ।  विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले सेवा अवरुद्ध भएको जानकारी दिएको हो । 

कम्पनीका अनुसार विद्युत आपूर्ति अवरुद्ध हुँदा टुजी, थ्रीजी, फोरजी र वायरलाइन एफटीटीएच सेवा शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । टेलिकमका अनुसार नेपाल विद्युत प्राधिकरणको कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइनमा समस्या आएकाले विद्युत आपूर्ति बन्द भएको हो ।

प्राधिकरणलाई उद्धृत गर्दै टेलिकमले जनाए अनुसार निकुञ्ज क्षेत्रको देउरालीदेखि हर्रेसम्मको लाइनमा फल्ट (समस्या) देखिएको छ र पैदल हिँडेर मर्मत गर्नुपर्ने भएकाले समय लाग्ने देखिएको छ । यस्तै लम्की–सुर्खेत ३३ केभी लाइनको चिसापानी-बाबियाचौर खण्डमा पनि समस्या देखिएको र मर्मतका लागि टोली खटाइएको छ ।

विद्युत अवरुद्ध हुनुका साथै मौसम प्रतिकूल हुँदा सोलारबाट चल्ने साइट पनि प्रभावित भएका छन् । यसले गर्दा दूरसञ्चार उपकरणका ब्याट्री ब्याकअप सकिँदै गएकाले सेवा अवरुद्ध हुन पुगेको टेलिकमले जनाएको छ ।

टेलिकमले सम्भव भएसम्मका स्थानमा पोर्टेबल जेनेरेटरमार्फत सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको जानकारी दिएको छ । विद्युत आपूर्ति नियमित भएपछि सेवा पुनः सञ्चालनमा आउने कम्पनीले उल्लेख गरेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १३:३५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट