२०८२ असार १ आईतवार
LATEST NEWS
२०८२ असार १ आईतवार

लिग-२: नेपालले नेदरल्याण्ड्सलाई हरायाे

काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल १६ रनले विजयी भएको हो। नेपालले दिएको दुई सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा दुई सय २० रन बनाउँदा सबै विकेट गुमायो।

नेदरल्याण्ड्सका लागि विस्लि बरेसीले ३६, कप्तान स्कट एडवार्ड्सले ३० तथा माइकल लेभिटले २७ रन बनाए। नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका नन्दन यादव र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए। यस्तै ललित राजवंशीले दुई तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले। उनले ८५ बलमा ७ चौका र दुई छक्कासहित ८४ रन बनाए। यस्तै कप्तान रोहित पौडेल र भीम शार्कीले समान ३५ तथा कुशल भुर्तेलले १८ रन बनाए।

नेदरल्याण्ड्सका पौल भान मीकेरेनले ४ तथा माइकल लेभिटले ३ विकेट लिए। नेदरल्याण्ड्सले पेनाल्टीमार्फत १० रन प्राप्त गरेको थियो।

योसँगै तीन जित र एक हारसहित नेपालले त्रिकोणात्मक शृङ्खलाको अन्त्य गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा स्कटल्याण्डलाई एक रनले हराएको थियो भने दास्रो खेलमा नेदरल्याण्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।

तेस्रो खेलमा स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो।

 


सामाग्री श्रोत :

लिग-२: नेपालले नेदरल्याण्ड्सलाई हरायाे

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट