२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या

बुटवल–  नवलपरासीमा एक युवकले कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।

शुक्रबार उनले कोदालोले प्रहार गरेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।

Ncell 2
Ncell 2

हेमराजले आफ्नै बुबाको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेका हुन् । उनले लगत्तै छिमेकी धरिकारलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी जनाएको छ । 

प्रहरी नायव उपरीक्षक पन्तका अनुसार हत्याको कारणबारे अझै खुल्न सकेको छैन । हेमराजलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेमराज रुपन्देहीमा मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ । उनी तीन महिना सुधार गृहमा बसेका थिए । हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट