२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

रिट खारेजीसँगै पीजी म्याचिङका लागि चिकित्सा शिक्षा आयोगले थाल्यो छलफल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबिरुद्ध डा किरन थापाले दायर गरेको रिट खारेज भएको छ। बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले उनले मन्त्रालयलगायतबिरुद्ध दायर गरेको रिट खारेज गरेको हो। 

डा थापाको रिटको खारेजीसँगै चिकित्सा शिक्षा आयोगले पीजी म्याचिङ प्रक्रिया थाल्न छलफल गरिरहेको छ। 

डा थापाले आफूले पीजी अध्ययन नगरेका कारण तोकिएको बिगो मिनाहा गर्नुका साथै म्याचिङ प्रक्रियामा सहभागी गराउन मुद्दा दायर गरेका थिए। छात्रवृत्तिमा नाम निकालेका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीका लागि सिफारिस भएका थिए। 

तर, उनले आफू पीजी अध्ययन नगरेका कारण बिगो मिनाहा र नयाँ म्याचिङ प्रक्रियामा सहभागीताका लागि मुद्दा दायर गरेका हुन्। उनको मुद्दाका कारण पीजीको म्याचिङ प्रक्रिया रोकिएको थियो। 

अर्को समूहले दायर गरेको मुद्दा भने फिर्ता लिइएको थियो। 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट