२०८२ जेष्ठ १३ सोमबार
२०८२ जेष्ठ १३ सोमबार

छाप्न बाँकी रहेका २८ लाख ड्राइभिङ लाइसेन्सको छपाइ असारदेखि सुरु हुने

काठमाडौँ । छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले समझदारी हस्ताक्षर गरेका हुन् । गोरखापत्रमा प्रकाशित समाचारका अनुसार अहिलेदेखि नै आवश्यक तयारी गरी असारदेखि छपाइ सुरु हुने बताइएको छ ।

दुई सरकारी निकायबिचको सहकार्यले सवारी चालक छपाइ कार्य चुस्त र पारदर्शी हुने अपेक्षा गरिएको छ । दुवै पक्षबिचको समझदारी अनुसार सुरक्षण मुद्रण केन्द्रले आगामी असार मसान्तभित्र प्रथम चरणको छपाइ गरी विभागलाई हस्तान्तरण गर्नेछ । अब सुरक्षण मुद्रण केन्द्रले क्यूआरसहितका विभिन्न सुरक्षा विशेषतासहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उक्त समाचारमा उल्लेख छ ।

नवीकरण गरिएको समेत लामो समयसम्म सवारी चालक अनुमतिपत्र नपाउँदा सर्वसाधारणले समस्या भोग्दै आएको अहिलेको अवस्थामा यस सम्झौता अनुसार सवारी चालक अनुमतिपत्र छापिएपछि यस अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

तत्काल अनुमतिपत्र नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि नागरिक एपमा चालक अनुमतिपत्र समावेशसमेत गरिएको छ । अहिले सोही एपमार्फत ट्राफिक प्रहरीले नियमन गर्ने तथा जरिबाना भुक्तानी गराउने कार्यसमेत गर्दै आएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १०:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट