भारत। मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।

तर, उनीको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन्। एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। उनीहरू कोभिड संक्रमित थिए।
यसैबीच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।
सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन्। अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो। यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

उता, जनवरी देखि हङकङमा ८१ कोभिडका बिरामी भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ।
यद्यपी यहाँ बिरामीको संख्याबारे भने केही जानकारी दिइएको छैन। भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।
सामाग्री श्रोत :