
काठमाडौं। गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका सन्दर्भमा पर्वतारोहण, हिमाली क्षेत्रको उद्धार, जल तथा पदयात्रासँग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेका छन्।
आज सिंहदरबारमा भएको छलफलमा गृहमन्त्री लेखकले सरकारी, सुरक्षा, निजी क्षेत्रसँग भएको क्षमता, जनशक्ति तथा ज्ञान सीप जोडेर मात्र विपद् जोखिम न्यूनिकरण गर्न सकिने बताए।
गृहमन्त्रालयले सबै निकायबीच एकीकृत र समन्वयको अवधारणा लिएको उनले जानकारी दिए। छलफलमा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज, हिमाली समुदाय जलवायु मैत्री संगठन, हिमालयन उद्धार संघ नेपाल, पर्वतारोहण सञ्चालक संघ नेपाल, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ र नेपाल पर्वतारोहण संघका पदाधिकारी एवं प्रतिनिधिको उपस्थिति थियो।
छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी ई. दिनेश भट्टले सबै निकायको एकीकृत प्रयासबाट विपद्का कारण हुने क्षति न्यूनिकरण गर्न प्राधिकरणले विभिन्न संघ संस्थासँग छलफल गरिरहेको जानकारी दिए।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ मा यी निकायको भूमिका, दक्षता, उपलब्ध जनशक्ति एवं सामग्रीको बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले छलफल आयोजना गरेको हो।
छलफलमा तीनै सुरक्षा निकायका विपद् शाखाका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको सहभागिता थियो।
सामाग्री श्रोत :
सबै क्षेत्रको समन्वयमा मात्रै विपद् जोखिम न्यूनीकरण गर्न सकिने
काठमाडौँ । एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक औपचारिक रूपमा बंगलादेशमा सुरु भएको छ । विशेषगरी दुर्गम र पिछडिएका क्षेत्रहरूलाई उच्च गतिको इन्टरनेट जडान गर्ने उद्देश्यले मंगलबारदेखि स्टारलिंक सेवा सञ्चालनमा आएको हो ।
बंगलादेश सरकारका प्रमुख सल्लाहकारका विशेष सहायक फैज अहमद तय्यबले मंगलबार फेसबुकमार्फत स्टारलिंक सुरु भएको जानकारी दिए । “सोमबार दिउँसो मलाई फोनमार्फत जानकारी दिइयो, मंगलबार बिहान सेवा सुरु भएको पुष्टि भयो,” उनले लेखेका छन् ।
स्टारलिंकले पनि आफ्नो एक्स अकाउन्टमार्फत सेवा सुरुवातको जानकारी दिएको छ ।
Starlink’s high-speed, low-latency internet is now available in Bangladesh! 🛰️🇧🇩❤️ → https://t.co/Q0StscVtIP pic.twitter.com/J88dJC7rzR
— Starlink (@Starlink) May 20, 2025
बंगलादेशमा प्रारम्भिक चरणमा ‘स्टारलिंक रेसिडेन्स’ र ‘रेसिडेन्स लाइट’ नामका दुई इन्टरनेट योजना उपलब्ध हुनेछन् । ती योजनाको मासिक शुल्क क्रमशः ६,००० (७,२०० रुपैयाँ) र ४,२०० टका (५,०४० रुपैयाँ ) तोकिएको छ । यद्यपि, सेवा सुरु गर्न एक पटकको सेटअप उपकरण शुल्कस्वरूप ४७,००० टका (करिब नेपाली रुपैयाँ ५६,४००) तिर्नुपर्नेछ ।
स्टारलिंकले अबदेखि बंगलादेशका ग्राहकले तुरुन्तै सेवा अर्डर गर्नसक्ने जनाएको छ । यसअन्तर्गत कम्पनीले कुनै डेटा लिमिट र स्पिडको सीमा नराखी उच्चगतिको इन्टरनेट उपलब्ध गराउने वाचा गरेको छ । रिपोर्टअनुसार इन्टरनेटको स्पिड ३०० एमबीपीएससम्म पुग्न सक्छ ।
ताय्येबका अनुसार यो सेवा महँगो भएपनि गुणस्तरीय र भरपर्दो इन्टरनेट चाहने ग्राहकका लागि वैकल्पिक समाधान बन्नेछ । “सरकारको ९० दिनभित्र सेवा सुरु गर्ने लक्ष्य पनि यससँगै पूरा भएको छ,” उनले भने ।
यो सेवा व्यक्तिगत प्रयोगकर्तासँगै व्यावसायिक क्षेत्रका लागि पनि उपयोगी हुने विश्वास गरिएको छ । “अब फाइबर इन्टरनेट नपुगेका क्षेत्रहरूमा कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्न सक्नेछन् । एनजीओ, फ्रिलान्सर र उद्यमीहरूलाई वर्षभरि अवरोधबिना इन्टरनेटको फाइदा मिल्नेछ,” ताय्येबले अगाडि भने ।
स्टारलिंकले नन-जिओस्टेसनरी अर्बिटमा रहेका स्याटलाइटहरूको माध्यमबाट सेवा दिनेछ । यसका कारण भौतिक पूर्वाधार पुग्न नसकेका स्थानमा समेत इन्टरनेट सुविधा पुर्याउन सम्भव हुने बताइएको छ ।
बंगलादेश सरकारले स्टारलिंकलाई अस्थायी अनुमति दिएको हो ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १२:३२
सामाग्री श्रोत :
टेक पाना
काँक्रेविहार। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले रूकुम पश्चिमको समुचित विकासमा ध्यान दिने बताएका छन्।
आज चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको र त्यसमा पार्टीले ध्यान दिने बताए।
अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको उल्लेख गरे। ‘पार्टीप्रति रुकुमबासीको माया, समर्थन र सहभागिता कहिल्यै बिर्सने छैन’, उनले भने, ‘यहाँका जनताप्रति हाम्रो जिम्मेवारी झनै बढेको छ। विकासका योजना र पार्टीको प्राथमिकता अब रूकुममै केन्द्रित गर्नेछौँ।’
कार्यक्रममा स्थानीय नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । एनसेलले आफ्ना प्रिपेड प्रयोगकर्ताका लागि तीन नयाँ साप्ताहिक रिन्युअल प्याक सार्वजनिक गरेको छ । सुलभ सञ्चार सेवाको माग बढिरहेको अवस्थामा भ्वाइस, डेटा र एसएमएस सेवाको समायोजनसहित बजेटमैत्री प्याक ल्याएको कम्पनीले जनाएको छ ।
आजदेखि लागु भएका प्याकमध्ये ‘अल नेपाल कल भ्वाइस प्याक’ अन्तर्गत एनसेल वा नेपाल टेलिकमका नम्बरमा सात दिनसम्म अनलिमिटेड कल गर्न सकिनेछ । यसको मूल्य करसहित रु. ९९ छ ।
त्यस्तै, रु. ९९ मै उपलब्ध ‘सधैं अन प्याक’ मा सात दिनका लागि २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ एसएमएस समावेश छ । केवल डेटामात्र प्रयोग गर्न चाहने ग्राहकका लागि रु. १५० मा सात दिनसम्म १० जीबीको हाई-स्पीड डेटा प्याक पनि उपलब्ध गराइएको छ ।
रिन्यूअलको बेला आवश्यक रकम मेन ब्यालेन्समा उपलब्ध हुनुपर्ने छ । यी सबै प्याक हरेक सात दिनमा स्वतः रिन्यु हुने भएकाले ग्राहकलाई बारम्बार प्याक लिनुपर्ने झन्झटबाट छुट हुने एनसेलको भनाइ छ ।
प्याक खरिद गर्न *१२३*९# डायल वा एनसेल एप प्रयोग गर्नुपर्ने छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १८:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ। प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ।
समितिमा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन्।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए। उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए।
सिफारिस समिति बैठक लगत्तै आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्।
बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।
सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलले आईफोन, एप्पल वाचजस्ता डिभाइसहरू प्रयोगकर्ताको अनुभव सहज बनाउनका लागि मात्रै नभई आपतकालीन अवस्थामा सहयोग पुर्याउने हिसाबले समेत तयार पार्ने गर्छ ।
कम्पनीले यस्ता उपयोगी फिचरहरू हरेक नयाँ मोडेलमा थप प्रभावकारी बनाउँदै आएको छ । प्रयोगकर्तालाई आकस्मिक अवस्थामा जीवनरक्षा गर्नसक्ने फिचरमध्ये ‘फल डिटेक्सन’ (लडेको पत्ता लगाउने), ‘इमर्जेन्सी एसओएस’ (आपतकालीन सहायता) र ‘इमर्जेन्सी कन्ट्याक्ट’ (आपतकालीन सम्पर्क) मुख्य हुन् ।
यस्ता फिचर काम गर्न पहिले नै डिभाइसमा सक्रिय गरिएको हुनुपर्छ ।
एप्पल प्रयोगकर्ताले आवश्यक रूपमा थाहा पाउनुपर्ने प्रमुख तीन आपतकालीन फिचर यस्ता छन्:
१. इमर्जेन्सी एसओएस (Emergency SOS)
यस फिचरको मद्दतले प्रयोगकर्ताले छिटो आपतकालीन सहायता माग्न सक्नेछन् । साइड बटन र भोल्युम बटन केही सेकेन्ड थिचेर राखेपछि ‘Emergency Call’ स्लाइडर देखा पर्दछ । यसलाई स्वाइप गरेपछि नजिकको आपतकालीन नम्बरमा फोन जान्छ । वैकल्पिक रूपमा ती बटन केहीबेर थिचिराखेपछि स्वतः काउन्टडाउन सुरु भई एसओएस कल हुने व्यवस्था पनि छ ।
२. क्र्यास डिटेक्सन (Crash Detection)
आईफोन १४ वा सोभन्दा नयाँ मोडेल तथा एप्पल वाच सिरिज ८, वाच एसई (Gen 2), वा वाच अल्ट्रामा उपलब्ध यो फिचरले गम्भीर सवारी दुर्घटना भएमा प्रयोगकर्ताको अवस्थालाई पहिचान गरी तुरुन्तै आपतकालीन सेवामा सम्पर्क गर्छ । सेटिङ्समा गएर ‘Emergency SOS’ अप्सनमा ‘Call After Severe Crash’ अप्सन सक्रिय गर्नुपर्छ ।
३. इमर्जेन्सी कन्ट्याक्ट (Emergency Contact)
आपतकालीन स्थितिमा नजिकको व्यक्तिसँग सम्पर्क गर्न ‘Emergency Contact’ फिचर उपयोगी मानिन्छ । ‘Health’ एपमा गएर प्रयोगकर्ताले नजिकको व्यक्तिको नम्बर राख्न सक्नेछन् । आकस्मिक अवस्थामा डिभाइसले स्वतः फोन वा सन्देशमार्फत ती व्यक्तिलाई जानकारी दिनेछ ।
यी फिचरहरू सक्रिय पारेर राखेमा आकस्मिक अवस्थाहरूमा समयमै सहायता पाउन सकिने एप्पलको दाबी छ । एप्पलले यस्ता सुविधाहरू निरन्तर सुधार गर्दै आइरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ २०:५७
सामाग्री श्रोत :
टेक पाना
जनकपुरधाम– सर्लाहीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै जना चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार मंगलबार ४ बजे बागमती नगरपालिका-४ जिरायत बजार स्थित भित्री सडक खण्डमा पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र.३-०२-००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र.३-०२-००६प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका -२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ ।
दुवै जनालाई उपचारका लागि चन्द्रनिगाहपुरअस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।
यस्तै प्र.३-०२-००६प ७८६८ मा पछाडि सवार भारत बिहार राज्य बकुलिया बस्ने ३४ की मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका -४ का ३२ की चञ्चल देवी साह गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एशियाको मुलुकहरुको सूचीमा पहिलो नम्बरमा पर्दछ। करको दर कम भएकै कारण प्रयोगकर्ता घटाउन मुस्किल भइरहेको यस क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन्। करको दर कम हुँदा सुर्तीजन्य पदार्थको मूल्य पनि कम हुने र त्यसले आम सर्वसाधारणका लागि सहज उपलव्धता हुने उनीहरुको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो। जवकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि नेपाल जस्तो विकासोन्मुख मुलुकमा करको दर ७५ प्रतिशत पुर्याउन पर्छ भनेर सुझाव दिँदै आइरहेको छ।
एकातिर नेपालीको औसत आय बृद्धि भैरहेको छ भने अर्कोतिर सुर्तीजन्य पदार्थको कर दर कम भएकोले यसको उपभोगमा कमि ल्याउन सकिरहेको छैन।मन्त्रालयका सूचना अधिकारी डा केसी भन्छन्, यसपटक पनि हामीले सुर्तीजन्य पदार्थमा करको दर बढाउनका लागि अर्थ मन्त्रालय समक्ष जोडदार माग गरेका छौँ। पत्राचार गरिसकेका छौँ।
उनले अहिले भएको करको दर भन्दा दोब्बर बढी अर्थात करको दर ७० प्रतिशत माथि पुर्याउँन अर्थ मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए। अहिल्यै यकिन गर्न त गाह्रो कुरा हो तर केही न केही भने बढ्नेमा हामी आशावादी छौं,’ उनले भने।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउनका लागि पहल गर्नुपर्ने बताए।‘सरकारको फितलो कार्यान्वयनका कारण नेपालमा यसको प्रयोगकर्ता बढ्दै गएको छ’,उनले भने- ‘सरकारले भएका कानून कार्यान्वयन गरी करलाई बढाउने हो भने यसको प्रयोगकर्ता घटाउन सकिन्छ।’
एक्सन नेपालकै अनुसन्धान अधिकृत डा पामिर गौतमले सुर्तीजन्य पदार्थमा कर बढाउँदा हुने फाइदाबारे कुरा गर्दै भन्छन्, विश्वका विभिन्न अध्ययन्हरुले देखाएको छ कि सुर्तीजन्य पदार्थमा करको दर १० प्रतिशत बृद्धि हुँदा नेपाल जस्तो विकासोन्मुख मुलुकमा ६ प्रतिशतले उपभोग घट्छ। अनि जब करको दर बढ्छ त्यसले राजश्वमा चाहि बृद्धि हुन्छ। यो कुरा नीतिगत तहमा रहने व्यक्तिहरुले कहिले बुझ्ने होला ? प्रतिप्रश्न गर्दै उनले भन्छन्। उनले यसपटक पनि विभिन्न अध्ययन अनुसन्धानबाट पत्ता लागेको तथ्यांक समेत समेटेर सरकारलाई सुर्तीजन्य पदार्थमा करको दर बढाउन सरकारको ध्यानाकर्षण गराएको बताए।
विश्वको तथ्यांक केलाउँदा सुर्तीजन्य पदार्थको कुल सेवनकर्ताको ८० प्रतिशत न्युन तथा कम आय भएका मुलुकका बासिन्दा छन्। नेपाल न्युन तथा कम आय भएको मुलुकको सूचीमा पर्ने भएकोले पनि यो तत्थ्यलाई गम्भीरताका साथ हेर्नुपर्नेमा डा गौतमको जोड छ।
प्रत्येक वर्ष २८ हजार १ सय १० जना व्यक्तिको मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण नेपालमा बार्षिक ३९ हजार २०० व्यक्तिको ज्यान जाने गरेको छ। यो सङ्ख्या नेपालको कुल मृत्युको लगभग ११ प्रतिशत हुन आउँछ। डब्लुएचओले यो तथ्यांकलाई भयावह भन्दै न्युनिकरणको उपायहरु चालिहाल्न भनेको छ। त्यसको एउटा उपायमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बृद्धि हो।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न किसिमका नसर्ने रोगहरू फोक्सोको क्यान्सर, श्वासप्रश्वास, मुख, ओठ, अन्ननली, घाँटी, मिर्गौला लगायतका २० भन्दा धेरै क्यान्सर बनाउने चिकित्सकहरुले बताउँदै आएका छन्।
एकातिर ठूलो संख्यामा मानवीय क्षति हुने अर्को तिर यसका कारणले लाग्ने कडा रोगको उपचारमा ठूलो रकम खर्च हुने। नागरिक अस्वस्थ बन्ने दर बढ्ने। यसले चौतर्फी रुपमा समस्या निम्याएको छ। स्वास्थ्य कर कोष सचिवालयका सदस्य सचिव गोपिकृष्ण रेग्मी भन्छन्, त्यसैले पनि राज्यले यसलाई गम्भीरताका साथ हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालयले यस विषयमा सम्बन्धित पक्षसंग छलफल गर्ने र ध्यानाकर्षण गराउने काम गरिरहेको छ।
सुर्तीजन्य पदार्थको सेवनले ३०–४० प्रतिशत क्यान्सरको जोखिम बढाउँछ: डा वाईपी सिंह
नेपाल लगायत दक्षिण एसियाली मुलुकमा सुर्तीजन्य पदार्थको सेवनकर्ता बढ्दै जाँदा मुखको क्यान्सरका बिरामीहरु बढ्दै गएको क्यान्सर रोग विशेषज्ञ डा वाईपी सिंह बताउँछन्।
खैनी,सुर्ती सेवनले जिब्रो, ओठ तथा गिजाको क्यान्सर हुने सम्भावना बढ्ने उनले जानकारी दिए।धुम्रपानका कारण फोक्सो तथा क्यान्सर हुने सम्भावना बढ्ने उनले बताए। निष्क्रिय सेवनकर्ता अर्थात् सुर्तीजन्य पदार्थको प्रयोग नगरेपनि उनीहरुको नजिकमा बस्ने व्यक्तिमा समेत क्यान्सर जोखिम बढ्ने डा सिंह बताउँछन्।
सूर्तीजन्य पदार्थको सेवनले श्वासप्रश्वासमा असर पर्ने भएकाले फोक्सोमा क्यान्सर हुने सम्भावना अत्याधिक रहने वीर अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा अशेष ढुङ्गाना बताउँछन्।
उनका अनुसार ९० प्रतिशत मानिसलाई फोक्सो क्यान्सर धूम्रपानका कारण हुने गर्छ। यति मात्रै नभएर उच्च रक्तचाप भएर मुटुसम्बन्धी दीर्घरोग समेत गराउँछ।
उनका अनुसार सुर्तीजन्य पदार्थको प्रयोगको कारण दमको समस्या , मुख तथा घाँटी, स्वासनलीको क्यान्सर, रक्तनली बिगार्ने, पाठेघर तथा रगत क्यान्सर हुनसक्छ। यससँगै मस्तिष्कमा समेत गम्भिर असर पर्नसक्छ। गर्भवतीले प्रयोग गरेमा कम तौल भएका बच्चा जन्मिने, समय नपुग्दै बच्चाको जन्म हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा असर गर्ने तथा गर्भ खेर जाने लगायतका समस्या निम्तिन सक्छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडाैं। एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालमा दशौँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। देशभर युवा परिचालन गर्ने क्षमता भएको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी चलिरहेको छ। एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ। नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने […]
सामाग्री श्रोत :
युवा संघको दशौं महाधिवेशन : नेतृत्वका लागि प्रतिस्पर्धा सुरु