२०८२ जेष्ठ ७ मंगलवार
२०८२ जेष्ठ ७ मंगलवार

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

काठमाडौं– नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको कुल सञ्चालन आयमा सामान्य कमी आए पनि कर अघिको मुनाफामा भने उल्लेखनीय वृद्धि देखिएको छ।

यद्यपि, खुद मुनाफामा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कमी आएको छ।

मुख्य वित्तीय विवरणको सारांश:

कुल सञ्चालन आय: रु. २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार (गत वर्षको सोही अवधिमा रु. २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार) – ०.६४ प्रतिशतले कमी
कुल आय: रु. २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार (गत वर्षको सोही अवधिमा रु. ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार) – ८.८९ प्रतिशतले कमी
EBITDA: रु. १४ अर्ब १९ करोड २१ लाख ९२ हजार (गत वर्षको सोही अवधिमा रु. १३ अर्ब ४० करोड २९ लाख ४५ हजार) – ५.८९ प्रतिशतले वृद्धि
कर अघिको मुनाफा: रु. ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार (गत वर्षको सोही अवधिमा रु. ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजार) – १६.८२ प्रतिशतले वृद्धि
खुद मुनाफा: रु. २ अर्ब ८४ करोड २२ लाख ८९ हजार (गत वर्षको सोही अवधिमा रु. ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार) – ४८.६७ प्रतिशतले कमी
प्रति शेयर आम्दानी (annualized): रु. २१.०५

राजस्व तथा खुद मुनाफामा आएको परिवर्तनका प्रमुख कारणहरू:

नेपाल टेलिकमले राजस्व र खुद मुनाफामा आएको परिवर्तनका मुख्य कारणहरू पनि उल्लेख गरेको छ:

ओटीटी (OTT) सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा कमी आएकोले अन्तरआवद्धता आयमा करिब २२.३७ प्रतिशतले कमी आएको र यसले समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको।

गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र कर्मचारीहरूको निवृत्तिभरणका लागि ठूलो रकम (गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस वर्ष रु. १३ अर्ब १५ करोड) छुट्याइएकाले लगानीमा कमी र ब्याज दर घटेको कारण ब्याज आयमा करिब ४६.०२ प्रतिशतले कमी आएको।

प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (ISP) हरूले मोबाइलमा आधारित वाई-फाई सेवा दिइरहेकाले मोबाइल डेटाको प्रयोगमा उल्लेखनीय कमी आएको।

राष्ट्रिय सञ्चार भएकोले बढी लागत र कम प्रतिफल हुने दुर्गम स्थानमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लागिरहेकोले लागत बढिरहेको।

सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजस्वमा नकारात्मक असर परेको।

नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन र यस वर्ष रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्याइएका कारण स्थगन करको प्रभाव परेको।

गत वर्षसम्म Contingent Liabilities मा देखिएका केही मुद्दाहरूको यस वर्ष छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भार व्यवस्थापन गरिएको।

यसरी नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरणले कुल सञ्चालन आय र कुल आयमा सामान्य गिरावट देखाए पनि, कर अघिको मुनाफामा वृद्धि भएको छ। तर, विभिन्न कारणहरूले गर्दा खुद मुनाफामा भने उल्लेख्य कमी आएको छ।


सामाग्री श्रोत :

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट