२०८२ जेष्ठ ५ आईतवार
२०८२ जेष्ठ ५ आईतवार

लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, पहिलो चरणमा तीन नगरपालिकामा वितरण

काठमाडौँ । लमजुङमा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको हो ।

आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाइ छ । गोरखापत्रमा प्रकाशित समाचार अनुसार यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवालासँगको अन्तरक्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । 

लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको बताइएको छ  यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडा तहमै पुगेर वितरण गर्न लागिएको हो ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहितको टोली प्रत्येक वडामा सात दिन बस्ने र आवश्यकता अनुसार १५ दिनसम्म बस्न सक्ने सुविधा मिलाइएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १०:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट