२०८२ जेष्ठ २८ मंगलवार
LATEST NEWS
२०८२ जेष्ठ २८ मंगलवार

आविष्कार केन्द्रले ल्यायो अस्पताल-स्वास्थ्य चौकीका लागि ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणाली

काठमाडौँ । सार्वजनिक तथा निजी स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिको समावेशीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्रले अस्पताल र स्वास्थ्य चौकीका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली ल्याएको छ । 

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सामुदायिक अस्पताल, गाउँपालिका तथा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले सस्तो मूल्यमा ईएमआर प्रणाली जडान गर्न सक्ने बताएका छन् ।

“नेपालका सामुदायिक अस्पतालहरू, गाउँपालिका तथा नगरपालिका स्वास्थ्यचौकी, प्राथमिक उपचार केन्द्र र अस्पतालहरूले एकदमै सस्तो मूल्यमा राष्ट्रिय आविष्कार केन्द्रको इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली जडान गर्न चाहनुहुन्छ भने बजेट राख्नुहोस र सम्पर्क गर्नुहोस्,” पुनले लेखेका छन् । 

यो प्रणालीमा बिरामी दर्ता, क्लिनिकल मोड्युल, प्रयोगशाला प्रणाली, बिलिङ, एकीकृत बीमा प्रणाली तथा टेलिमेडिसिन सेवा समावेश रहेको उनले उल्लेख गरे ।

उनका अनुसार यो प्रणालीले ‘DHIS2’ प्लेटफर्ममा पनि काम गर्नसक्ने क्षमता राख्छ । हालसम्म गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ, र स्याङ्जा जिल्लास्थित अस्पतालमा यो प्रणाली सफलतापूर्वक जडान गरिएको पुनले जनाए ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ १०:३३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट