काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरु भएको छ। बुधबार सुरु भएको यो प्रदर्शन आगामी जेठ ४ गतेसम्म चल्नेछ।

प्रदर्शन उद्घाटनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रदर्शनमा उपभोक्ताहरुले सुपथ मूल्यका समानहरु पाउनुका साथै सपरिवार आएर राम्रो समय बिताउन सक्ने बताए।
‘यो एक्सपामा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ। यही काठमाडौं, भक्तपुरमा नै उत्पादन गरेका सामाग्रीहरु सुपथ मूल्यमा जुत्ता, कपडाहरु, हातले बुनेका सामाग्रीहरु बच्चाहरुको लागि प्ले स्टेसनहरु पनि छ। एकै ठाउँमा परिवार नै आएर राम्रो समय बिताउन सक्ने र उपभोक्ताहरुको लागि सुपथ मूल्यका समानहरु यहाँ छ। सबैजना आएर यो एक्सपो को फाइदा लिन सक्नुहुन्छ,’ उनले भने।
यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङगलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामाग्रीहरुको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउँदै जाने बताए।

‘विश्वव्यापी उपभोक्ता प्रदर्शनमा सानो भन्दा सानो उत्पादनलाई कसरी समायोजन गर्न सकिन्छ भनेर साना साना उपभोग्य सामानहरुलाई समेटेर ल्याइएको छ। दसैंमा मात्र उपभोग्य सामाग्रीको किनबेच नभई यो समयमा पनि हुन्छ भनेर देखाउन पनि यो प्रदर्शन गरेको हो। यहाँ नेपाल लगायत बाहिरी देशका सामाग्रीहरु छन्। नेपाल, भारत, बङगलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामाग्रीहरु छन्। हामी दसैं दसैं भन्छौं तर यो समयपनि सक्रिय समय हो। यो पहिलो प्रयास हो। अहिले साना साना यहाँ १५० वटा स्टलहरु छन् आगामी दिनमा ठूलो हुँदै जान्छन् पहिलो पटकमा यस्तो राम्रो साथ पाएका छौं। आगामी दिनमा पनि पाउने आश छ। यो पाँच दिनको लागि हो। कम्तिमा पनि पचाँस हजार जति अवलोकनकर्ता हुनेछन्,’ उनले भने।
सामाग्री श्रोत :