२०८२ बैशाख २७ शनिबार
२०८२ बैशाख २७ शनिबार

पाकिस्तानमा आपत परे नेपालीले यी नम्बरमा सहयोग माग्न सक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकलाई आवश्यक परेमा इस्लामाबादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका नेपाली विद्यार्थी र अन्य नेपाली नागरिकका लागि सम्पर्क नम्बर उपलब्ध गराएको हो ।

हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा रहेका नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्न नेपाल सरकार पूर्णरूपमा सचेत रहेको मन्त्रालयले जनाएको छ । ​पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उक्त विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली दूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिनेछ ।

सम्पर्क:

वृन्दा सुवेदी खड्का, तृतीय सचिव: +९२ ३३१३२९३११९

आर्सलान मेहमुद: +९२ ३४०५१७४२६१

ईमेल: [email protected]

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट