२०८२ बैशाख २६ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख २६ शुक्रबार

एनसेल सेन्टरमा उपलब्ध हुने सेवा अब खुद्रा पसलमै, सुरु भयो शप-इन-शप अवधारणा

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले आफ्नो ग्राहक सेवा विस्तार गर्ने क्रममा नयाँ अवधारणा ‘एनसेल शप-इन-शप’ सुरु गरेको छ । कम्पनीले पहिलोपटक भैरहवामा ‘शप-इन-शप’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

भैरहवाको मैलावरस्थित एनसेलको आधिकारिक खुद्रा विक्रेता ‘न्यु लुम्बिनी ए टू जेड मोबाइल’ सँगको साझेदारीमा बिहीबार यो सेवा सुरु गरिएको हो ।

शप-इन-शपमार्फत ग्राहकले एनसेल सेन्टरहरूमा पाइने सम्पूर्ण सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । सिम किन्ने, रिचार्ज गर्ने, केवाईसी अपडेट, सिम स्वामित्व प्रमाणीकरण, ‘सधैं अन’ तथा अन्य प्याकहरूको नवीकरण, ई-सिममा अपग्रेड, इन्टरनेट सेटिङ मिलाउनेजस्ता सेवा सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

“अब हाम्रा ग्राहकले नजिकको शप-इन-शपबाटै सबै सेवा लिन सक्नेछन् । आजबाट सुरु भएको यो पहिलो शप-इन-शप हाम्रो विस्तार योजनाको थालनी मात्र हो । देशभर विभिन्न स्थानमा यस्ता शप-इन-शप सञ्चालन गर्ने योजनाअनुसार हामी अघि बढिरहेका छौं,” रोड्रिगेजले भने, “हाम्रो मूल मन्त्र ‘हामी तपाईंका लागि’ अनुरूप ग्राहकलाई अझ सहज, पहुँचयुक्त र सन्तोषजनक सेवा दिन प्रतिबद्ध छौं ।”

कार्यक्रममा सहभागी ग्राहकले शप-इन-शपमा ‘स्पिन एन्ड ह्विल’ गेममार्फत विभिन्न उपहार प्राप्त गरेका थिए ।

शप-इन-शप सेवा आइतबारदेखि शुक्रबारसम्म हप्तामा ६ दिन सञ्चालन हुनेछ । कम्पनीले हाल देशभर ३३ ओटा एनसेल सेन्टरमार्फत पनि ग्राहक सेवा दिइरहेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८२ १५:२५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट