२०८२ बैशाख २६ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख २६ शुक्रबार

आयातकर्तालाई पैसा नदिएपछि राप्तीको एमआरआई सेवा बन्द

काठमाडौं- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सतादेखि एमआरआइ सेवा बन्द भएको छ। प्रतिष्ठानले एमआरआइ मेसिन आयातकर्तालाई तीन वर्षदेखि रकम भुक्तानी नगरेपछि सफ्टवयेर अपडेट नहुँदा सेवा बन्द भएको हो।

एमआरआइ सेवा बन्द भएपछि बिरामीले भने सास्ती बेहोर्नु परेको छ। अस्पतालमा एमआरआइ बन्द भएपछि बिरामीहरुले जिल्ला बाहिर जानुपर्ने बाध्यता आएको छ।

प्रतिष्ठानले रकम नदिएपछि मेसिन आयातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरले सफ्टवेयर अपडेट नगरेको हो। आयातकर्ता कम्पनीका अनुसार प्रतिष्ठानबाट कम्पनीले दुई करोडभन्दा बढी रकम लिन बाँकी छ।
आमएआरआइ सेवा बन्द भएपछि प्रतिष्ठानले आफ्ना तर्फबाट दिनुपर्ने रकमका विषयमा कुनै कुरा उल्लेख नै नगरी आयातकर्ता कम्पनीका कारण सेवा बन्द भएको सूचना सार्वजनिक गरेको छ।एमआरआइ सञ्चालनका लागि आवश्यक सफ्टवेयर अपडेट गरिदिनु पर्नेमा नगरिएका कारण यो सेवा बन्द हुन पुगेको प्रतिष्ठानद्वारा जारी सूचनामा उल्लेख छ।तर प्रतिष्ठानले आयातकर्तालाई दिनुपर्ने रकमका विषयमा भने कहीँ कतै बोलेको छैन।

आयातकर्ता लुम्बिनी हेल्थ केयरले सम्झौता अनुसारको रकम तीन वर्षदेखि प्रतिष्ठानले नदिएको भन्दै सफ्टवयेर अपडेट नभएको जनाएको छ।प्रतिष्ठानले झण्डै एघार करोड रुपैयाँमा उक्त एमआरआइ मेसिन खरिद गरेको हो। मेसिन खरिदका लागि ८० प्रतिशत रकम मेसिन भन्सारमा आउना साथ दिइनु पर्ने र बाँकी २० प्रतिशत रकम मेसिन जडान भई चालु भइसकेपछि उपलब्ध गराउने सम्झौता थियो।

तर मेसिन चलेको तीन वर्ष भइसक्दा पनि प्रतिष्ठानले उक्त २० प्रतिशत रकम नदिएको लुम्बिनी हेल्थ केयरका पोष्टराज ज्ञवालीले जानकारी दिए। उनका अनुसार एमआरआइ सञ्चालनका लागि कम्पनीसँग एउटा लाइसेन्स हुन्छ। उक्त त्यो लाइसेन्स बन्द भएका कारण सेवा रोकिएको हो। लाइसेन्स बनद हुनुको प्रमुख कारण भनेको सम्झौता अनुसार रकम प्राप्त नहुनु नै भएको उनले बताए।

ज्ञवालीका अनुसार मेसिन खरिदका क्रममा एलसी गरेको बैंकलाई प्रतिष्ठानले रकम भुक्तानी गर्न नभनेका कारण पनि समस्या आइरहेको हो। ‘एमआरआइ मेसिनका लागि प्रतिष्ठानले लक्ष्मीसनराईज बैंकमा एलसी गरेको थियो। एलसी गरिएको उक्त बैंक मार्फत कम्पनीमा रकम आउनु पर्ने हो। तर रकम आएको छैन,’ ज्ञवालीले भने, ‘प्रतिष्ठानले भुक्तानीका लागि पत्र नलेखेका कारण भुक्तानी दिन नसकेको भनेर बैंकले भनिरहेको अवस्था छ।’
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट