२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ: सभामुख घिमिरे

काठमाडौं। सभामुख देवराज घिमिरेले वामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूरणीय क्षति बेहोर्नुपरेको उल्लेख गरेका छन्।

नेता नेपालको असामयिक निधनप्रति आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपालको निधनसँगै नेपाली वाम आन्दोलनले एक इमान्दार, निष्ठावान् र सिद्धान्तनिष्ठ नेता गुमाएको छ।’

नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताउँदै सभामुख घिमिरेले उनको पूर्वी नेपालका गाउँगाउँमा जनतासँगको सामीप्यता र आत्मीयता प्रगाढ रहेको स्मरण गरे।

उनले भनेका छन्, ‘स्व नेपालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु।’


सामाग्री श्रोत :

पूर्वमन्त्री नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ गुमाएको छ: सभामुख घिमिरे

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट