२०८२ कार्तिक २५ सोमबार
२०८२ कार्तिक २५ सोमबार

नेपालमै पहिलोपटक फिल्ड इपिडेमियोलोजी सम्मेलन हुँदै

काठमाडौं– नेपालमा पहिलो पटक ‘फिल्ड इपिडेमियोलोजी’ सम्बन्धी राष्ट्रिय सम्मेलन हुन गइरहेको छ। 

‘एकीकृत स्वास्थ्य सुदृढीकरणका लागि हातेमालो: फिल्ड इपिडेमियोलोजी, निगरानी र नीतिगत इन्टरभेन्सनस’ भन्ने मूल नारासहित यो सम्मेलन २०८२ असार १२ र १३ गते (२६–२७ जुन २०२५) काठमाडौंमा आयोजना हुँदैछ।

सार्वजनिक स्वास्थ्यको क्षेत्रमा कार्यरत विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता र फिल्ड इपिडेमियोलोजिस्टहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्य सहित आयोजना गरिएको यो सम्मेलनले नेपालमा रोगको निगरानी, अनुसन्धान र नीतिगत समन्वय प्रणालीलाई अझ मजबुत बनाउने अपेक्षा गरेको छ।

२०२२ मा सुरु भएको फिल्ड इपिडेमियोलोजी ट्रेनिङ कार्यक्रम अन्तर्गत हालसम्म १४० जना प्रशिक्षार्थी तयार भइसकेका छन्, जसले देशभर महामारी अनुसन्धान तथा निगरानीमा सक्रिय भूमिका खेलेका छन्। यसै अभ्यासलाई संस्थागत गर्दै सम्मेलन आयोजना गरिएको हो।

फिल्ड इपिडेमियोलोजीमा भएका अनुभव र सिकाइहरू आदानप्रदान, अन्तर मन्त्रालय र क्षेत्रीय समन्वय सुधारमा छलफल, महामारी अनुसन्धान विधिमा नविनता र सुधार, सार्वजनिक स्वास्थ्य प्रणाली सुदृढ गर्न आवश्यक क्षमताको पहिचान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट