२०८२ बैशाख २४ बुधबार
२०८२ बैशाख २४ बुधबार

‘इण्डियन आइडल १२’ का विजेता पवनदीप राजन सवारी दुर्घटनामा गम्भीर घाइते

भारत- ‘इण्डियन आइडल १२’ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन हालै उत्तर प्रदेशको अमरोहास्थित चोपला चौराहा ओभरब्रिज नजिक सवारी दुर्घटनामा परेका छन्। उक्त दुर्घटना आइतबार बिहान करिब २:३० बजे भएको हो।

२८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन्। उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ गइरहेका थिए। यात्राको क्रममा उनी  सवार कार चोपला चौराहा ओभरब्रिज नजिकै राजमार्गमा रोकेर राखिएको आइचर क्यान्टर ट्रकमा ठोक्किएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले चालक राहुल सिंह निदाएको कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको देखाएको छ। ठक्करको प्रभावले पवनदीप राजनका दुबै खुट्टामा फ्र्याक्चर भएका छन् भने टाउकोमा समेत चोट लागेको छ।

घटनापछि उनलाई तत्काल सरकारी अस्पतालमा लगिएको थियो तर अवस्थाको गम्भीरताका कारण निजी अस्पतालमा सारिएको छ। हाल उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको बताइएको छ।

साथै, कारमा सवार अन्य दुईजनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट