२०८२ बैशाख २३ मंगलवार
२०८२ बैशाख २३ मंगलवार

संसदका दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने

काठमाडौं – संघीय संसद्को दुवै सदनको बैठक आजपनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्नेछ । 

बैठकमा नीति तथा कार्यक्रम माथि छलफल जारी रहनेछ । आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

Ncell 2
Ncell 2

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ । 

shivam cement
shivam cement

राष्ट्रियसभा बैठकमा आज नीति तथा कार्यक्रममाथिको छलफल गरेर सुझाव दिइसक्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभामा आजै प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यसूचि रहेको  छ । प्रतिनिधिसभामा आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि परेका संशोधनहरूमाथि सोमबारदेखि छलफल जारी छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट