२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

डा गोविन्द केसीले भने- एमबीबीएस सिट बढाउन मिल्दैन

काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियान्ता प्राडा गोविन्द केसीले एमबीबीएस सिट संख्या बढाउने नमिल्ने बताएका छन्।

म्यान्मारका भूकम्पका घाइतेको उपचारमा सक्रिय रहेका डा केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले एमबीबीएस तथा बीडीएसको सीट बढाउने तयारी अगाडि बढाएको प्रति असन्तुष्टि जनाउँदै सिट बढाउन नहुने बताएका हुन्।

मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन, निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न माग गरेका छन्। उनले आफूले राखेका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्।

हेरौं डा केसीको विज्ञप्तिको पूर्णपाठ
प्रेस विज्ञप्ति
हामी लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार र सो क्षेत्रमा देशका कुनाकाप्चाका विपन्न वर्गदेखि सबै विद्यार्थी लगायत नागरिकहरूको समतामूलक पहुँचका लागि संघर्षरत छौँ । आम नेपालीहरूको अथक प्रयास र दबाबमा चिकित्सा शिक्षा ऐन लागु भयो चिकित्सा शिक्षा आयोग बन्यो र प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता /नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम गरिरहेका थिए त्यसैले विद्यार्थी र आम नेपालीहरू लाभान्वित भएका थिए। आयोगमा पदाधिकारीको नेतृत्व परिवर्तनसँगै माथि उल्लिखित गलत तत्वहरूको बेलगाम र निर्लज्ज हस्तक्षेपका कारण चिकित्सा शिक्षा ऐनको अस्तित्व नै गुम्ने अवस्थामा छ। ठग, फटाहा र खुराफातको लहैलहैमा लागेर नागरिकको ठूलो तप्कालाई आफ्नो घुँडामा बन्चरो हानेको थाहा छैन।

म म्यानमारको भूकम्प पीडितहरूको सेवा गरेर नेपाल फर्कने क्रममा राजधानी यांगुन आइपुग्दा डा.जीवनको वोध-वार्ता मार्फत रेजिडेन्ट डाक्टरहरू हडतालमा र स्वास्थ्य मन्त्रालयले बनाएको एक समिति एमबीबीएसको सिट एक सयबाट बढाएर डेढ सय बनाउने तयारी भन्ने खबरले मेरो गम्भीर ध्यानाकर्षण भएको छ। 

एमबीबीएस सिट हालको संख्या भन्दा एक सिट पनि नबढाउन र निजी मेडिकल कलेजबाट श्रम शोषणबाट पीडित रेजिडेन्ट डाक्टरहरूको माग सम्बोधन गर्न र विगतमा हामीसित भएका सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न साथै गत चैत ३१ गते जारी गरेको प्रेस विज्ञप्तिमा उल्लिखित पहिलेदेखिकै मागहरू शीघ्रातीशीघ्र पूरा गर्न सरकार समक्ष जोडदार माग गर्दछु । अन्यथा नेपाल फर्के पश्चात् सत्याग्रह गर्न बाध्य हुने कुरा जानकारी गराउँदछु । 

प्रा. डा. गोविन्द केसी
म्यानमार,
२९ अप्रिल, २०२५ ।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट