२०८२ बैशाख १६ मंगलवार
LATEST NEWS
२०८२ बैशाख १६ मंगलवार

अब लुम्बिनी विकास बैंकको एटीएमबाट पनि कनेक्ट आईपीएस एपमार्फत रकम निकाल्न सकिने

काठमाडौँ । अब कनेक्ट आईपीएस प्रयोग गरेर लुम्बिनी विकास बैंकको एटीएमबाट अन्य कुनै पनि बैंकको खाताबाट रकम झिक्न सकिने भएको छ । यसअघि प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएमबाट मात्रै कनेक्ट आईपीएसको ‘कार्डलेस विथड्रल’ फिचर प्रयोग गरेर रकम निकाल्न सकिन्थ्यो । 

प्रयोगकर्ताले कनेक्ट आईपीएसमा लिङ्क गरेको आफ्नै बैंक खाताबाट मात्र रकम निकाल्न सक्ने बताइएको छ । यसरी प्रयोग गर्नुहोस् कनेक्ट आईपीएसको कार्डलेस विथड्रल फिचर:

  • मोबाइलमा कनेक्ट आईपीएस एप खोल्नुहोस् ।

  • होमस्क्रिनको दायाँतर्फ रहेको ‘Cardless Withdrawal’ मा ट्याप गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिङ्क भएको बैंक खाताको विवरण देखिन्छ । 

  • त्यहाँ ‘Amount’ लेखिएको बक्समा आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् र ‘Withdraw’ मा क्लिक गर्नुहोस् । 

  • त्यसपछि देखिएको विवरण ठीक भए/नभएको जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् । 

  • त्यसपछि तपाईंको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ । 

  • एटीएममा गई प्रक्रिया पूरा गरेपछि सो ओटीपी कोड प्रयोग गरेर रकम झिक्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १३:३७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट