काठमाडौँ । अब कनेक्ट आईपीएस प्रयोग गरेर लुम्बिनी विकास बैंकको एटीएमबाट अन्य कुनै पनि बैंकको खाताबाट रकम झिक्न सकिने भएको छ । यसअघि प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको एटीएमबाट मात्रै कनेक्ट आईपीएसको ‘कार्डलेस विथड्रल’ फिचर प्रयोग गरेर रकम निकाल्न सकिन्थ्यो ।

प्रयोगकर्ताले कनेक्ट आईपीएसमा लिङ्क गरेको आफ्नै बैंक खाताबाट मात्र रकम निकाल्न सक्ने बताइएको छ । यसरी प्रयोग गर्नुहोस् कनेक्ट आईपीएसको कार्डलेस विथड्रल फिचर:
-
मोबाइलमा कनेक्ट आईपीएस एप खोल्नुहोस् ।
-
होमस्क्रिनको दायाँतर्फ रहेको ‘Cardless Withdrawal’ मा ट्याप गर्नुहोस् । त्यसपछि कनेक्ट आईपीएसमा लिङ्क भएको बैंक खाताको विवरण देखिन्छ ।
-
त्यहाँ ‘Amount’ लेखिएको बक्समा आफूले निकाल्न चाहेको रकम टाइप गर्नुहोस् र ‘Withdraw’ मा क्लिक गर्नुहोस् ।
-
त्यसपछि देखिएको विवरण ठीक भए/नभएको जाँच गरेर ‘Confirm’ मा ट्याप गर्नुहोस् ।
-
त्यसपछि तपाईंको मोबाइल नम्बरमा एउटा ओटीपी कोड आउँछ ।
-
एटीएममा गई प्रक्रिया पूरा गरेपछि सो ओटीपी कोड प्रयोग गरेर रकम झिक्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १३:३७
सामाग्री श्रोत :
टेक पाना