काठमाडौं – भारतमा उपचारपछि फर्किएका राप्रपा महामन्त्री धवल शम्शेर राणा शान्तिबाटिकामा आयोजित जनप्रदर्शनमा सहभागी भएका छन् ।

राप्रपा, राप्रपा नेपाल र संयुक्त जनआन्दोलन समितिले ‘आस्थाका बन्दी’ रिहाइ र धर्मनिरपेक्षता तथा गणतन्त्रविरोधी अभिव्यक्तिमा रोक लगाउने कानुनको विरोधमा सोमबार प्रदर्शन गरेका थिए ।
राणा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । अदालतको अनुमति लिएर अनुसन्धानपछि उपचारका लागि हाजिरी जमानीमा छुटेका उनी वैशाख १० गते भारत गएका र वैशाख १४ गते फर्किएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ