२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन् पाँच कारण

मुम्बई। हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् ।

तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई वटा फिल्म थिएटरमा आएका छन् । तर दुःखको कुरा के छ भने अक्षयले आफ्ना दुवै फिल्मबाट धेरै पीडा भोग्नु परेको छ । २०२५ मा पनि कलाकारका फिल्म नचल्ने क्रम जारी छ ।

पछिल्लो दशकमा अक्षयको श्रेयमा धेरै ठूला प्रोजेक्ट आएका छन् तर तीमध्ये केही फिल्मले मात्रै राम्रो कमाइ गर्न सकेका छन् । यस्तो अवस्थामा अक्षय कुमारको ‘केसरी २’ ले बक्स अफिसमा  बबाल कमाइ गर्ने अपेक्षा गरिएको थियो तर यो सोचे जस्तो भएन् । फिल्म समिक्षकहरूले केशरीः २ ले बक्स अफिसमा कमाइ गर्न नसकेका ती ५ कारणहरु केलाएका छन, त्यो जानौँ ।

तथ्यसँग खेलवाड

अक्षय कुमारको यो फिल्म ‘द केस दैट शुक द एम्पायर’ नामक पुस्तकबाट प्रेरित रहेको छ । फिल्मको स्क्रिप्टमा धेरै तथ्य छन् जसलाई काल्पनिक रूप दिइएको छ । यस विषयमा चर्को विरोध भइरहेको छ । फिल्ममा जनरल डायरविरुद्ध पञ्जाबमा मुद्दा चलिरहेको देखाइएको छ तर वास्तविकतामा यो मुद्दा विदेशमा सुनुवाइ भएको थियो । फिल्ममा जसरी तथ्य फेरबदल गरिएको छ, त्यसलाई लिएर सामाजिक सञ्जालमा दर्शकले निकै नै असन्तुष्टि व्यक्त गरिरहेका छन्।

अक्षय-माधवन विवाद हल्का

यो फिल्ममा आर माधवनको कास्टिङ बलियो छ । जसरी शैतानमा अजय देवगनसँग उनको भिडन्त शानदार थियो, त्यो यो फिल्ममा अक्षय कुमारसँग उनको केमेस्ट्री खासै राम्रो देखिएको छैन । सुरुमा, दुवैले धेरै कम स्क्रिन स्पेस पाएका छन् । यसबाहेक दुवैको संवादमा अदालती नाटकका दर्शकलाई मोहित पार्न सक्ने कुनै वाक्यांशरू छैनन् ।

सुस्त कथा

फिल्मको कथा प्रस्तुत गर्ने तरिका निकै नै सुस्त रहेको छ । यसबाहेक यो फिल्म पनि लामो समय देखि खिचिएको हो । त्यसमा मज्जासँग सम्पादनमा काम गर्न सकिन्थ्यो । कोर्टरूमको ड्रामा, राम्रो पटकथा नभएसम्म दृश्य जीवन्त हुँदैन, यहाँ यही भयो । यो चलचित्रको कथा निकै सुस्त गतिमा अघि बढेको छ, जसको प्रभाव दर्शकमा पनि पर्न सक्छ, उनीहरू हाइ काडिरहेका देखिन्थे ।

पहिलो भागको आकर्षण मिलाइएन

अक्षय कुमारको ‘केसरी’ उनको करियरकै उत्कृष्ट प्रदर्शन मानिन्छ । यो फिल्मबाट पहिलो पार्टको आकर्षण मिल्ने अपेक्षा थियो तर अहिले फिल्मले खास केही देखाउन सकेन । फिल्मको बक्स अफिस कलेक्शनको कुरा गर्दा यो फिल्मले १० दिनमा करिब ५७ करोड कमाउन मात्रै सफल भएको सकनिल्कले बताएको छ । तर फिल्मको बजेट करिब १५० करोड भारु रहेको भनिएको छ । यस दृष्टिकोणले यो फिल्मको लागि लगानी उठन पनि लगभग असम्भव देखिन्छ।

राम्रो संवाद र गीतको अभाव

फिल्ममा अन्य कारकहरू छन्, जुन फिल्ममा देखिन्छ। फिल्मको तीव्रता अनुसार संवाद कम थिए । अघिल्लो भागको जस्तो यो पार्टका लागि उत्कृष्ट गीतहरू थिएन, जो दर्शकको जिब्रोमा नै झुन्डिन सकेको होस् ।  यो पनि चलचित्रको लागि नकारात्मक पक्ष साबित भएको छ ।


सामाग्री श्रोत :

अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन् पाँच कारण

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट