२०८२ बैशाख १५ सोमबार
२०८२ बैशाख १५ सोमबार

१८ वैशाखदेखि आईटी प्लाजा महोत्सव, ल्यापटप-प्रोजेक्टर लगायतका सामग्रीमा ८० प्रतिशतसम्म छुट

काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको काठमाडौँको कमलादी स्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुँदैछ । १८ बैशाखदेखि सुरु हुन लागेको यस महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत अन्य विभिन्न विद्युतीय सामग्रीहरूमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई लगायत लजिटेक, प्रोलिंक, थर्मल टेक जस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने बताइएको छ । यहाँ नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोरहरू छन् । 

महोत्सव अवधिभर यी स्टोरहरूमा विभिन्न सामग्री खरिद वा भिजिट गर्दा दैनिक गिभअवे मार्फत विभिन्न उपहार पनि प्राप्त गर्न सकिनेछ । १८ बैशाखदेखि सुरु हुने यो अफर २४ बैशाखसम्म उपलब्ध हुनेछ । उक्त अवधिभर आईटी प्लाजामा उल्लिखित ब्रान्डका विभिन्न सामग्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन समेत सकिनेछ ।

लक्की ड्र मार्फत् एक जना ग्राहकले एसर निट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् । यस्तै फोटो कन्टेस्ट मार्फत हरेक भिजिटरले विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् ।  

विजेताको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन-बिल्डिङ डिस्प्ले मार्फत गरिनेछ । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १३:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट