काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको काठमाडौँको कमलादी स्थित आईटी प्लाजामा ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुँदैछ । १८ बैशाखदेखि सुरु हुन लागेको यस महोत्सव अन्तर्गत ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायत अन्य विभिन्न विद्युतीय सामग्रीहरूमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई लगायत लजिटेक, प्रोलिंक, थर्मल टेक जस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सक्ने बताइएको छ । यहाँ नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोरहरू छन् ।
महोत्सव अवधिभर यी स्टोरहरूमा विभिन्न सामग्री खरिद वा भिजिट गर्दा दैनिक गिभअवे मार्फत विभिन्न उपहार पनि प्राप्त गर्न सकिनेछ । १८ बैशाखदेखि सुरु हुने यो अफर २४ बैशाखसम्म उपलब्ध हुनेछ । उक्त अवधिभर आईटी प्लाजामा उल्लिखित ब्रान्डका विभिन्न सामग्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन समेत सकिनेछ ।
लक्की ड्र मार्फत् एक जना ग्राहकले एसर निट्रो भी १५ गेमिङ ल्यापटप जित्ने मौका पाउनेछन् । यस्तै फोटो कन्टेस्ट मार्फत हरेक भिजिटरले विभिन्न गिभअवे प्राप्त गर्न सक्नेछन् ।

विजेताको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल तथा प्लाजाको इन-बिल्डिङ डिस्प्ले मार्फत गरिनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १३:३४
सामाग्री श्रोत :
टेक पाना