२०८२ जेष्ठ ३१ शुक्रबार
२०८२ जेष्ठ ३१ शुक्रबार

सुदूरपश्चिम – मानव बेचबिखन अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार भएकी छन्। 

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा उनलाई पुर्‍याएको थियो। तर उनी हतकडीसहित फरार भएकी हुन्। 

Ncell 2
Ncell 2

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको वेला शाही फरार भएकी बताए। आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि उनलाई वैशाख ४ गते प्रहरीले पक्राउ गरेको थियो। 

shivam cement
shivam cement


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

‘सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।


सामाग्री श्रोत :

तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

काठमाडौँ । नयाँ विन्डोज ११ कम्प्युटरलाई आफूले चाहे जस्तो बनाउन सफ्टवेयर र वालपेपर परिवर्तन गर्नु जति महत्त्वपूर्ण छ, त्योभन्दा बढी महत्त्वपूर्ण त्यसको सुरक्षा सेटिङहरू मिलाउनुमा हुन्छ ।

यी सेटिङ परिवर्तन गर्नाले अनलाइन खतराहरूबाट बच्न र मानसिक रूपमा ढुक्क हुन सहयोग पुग्छ। आज हामी तपाईँलाई आफ्नो ल्यापटप तथा कम्प्युटरमा मिलाउनु पर्ने महत्त्वपूर्ण ६ ओटा सेक्युरिटी सेटिङको बारेमा बताउँदै छौँ ।

१. भरपर्दो एन्टिभाइरस राख्ने

विन्डोज ११ कम्प्युटरमा सबैभन्दा पहिला गर्नुपर्ने काम भनेको राम्रो र भरपर्दो एन्टिभाइरस प्रोग्राम इन्स्टल गर्नु हो । एन्टिभाइरसले असुरक्षित वेबसाइटहरूमा जान र नचिनेका फाइलहरू डाउनलोड गर्नबाट बचाउँछ । बैङ्किङ र अन्य वित्तीय कामहरू सुरक्षित रूपमा गर्नका लागि केही एन्टिभाइरसमा विशेष फिचर पनि हुन्छ ।

शङ्कास्पद ईमेलका फाइलहरू, झुक्याउने पप-अपहरू, र नक्कली ब्राउजर एक्सटेन्सन लगायतका अनलाइन जोखिमहरूबाट बच्न उच्च स्तरीय एन्टिभाइरस प्रयोग गर्नु राम्रो मानिन्छ । निःशुल्क रूपमा उपलब्ध एन्टिभाइरसहरूले सामान्य सुरक्षा दिए पनि, राम्रो एन्टिभाइरसले अलि ढुक्क तुल्याउँछन् ।

२. पासवर्डलेस साइन-इन अर्थात् पासवर्ड बिना लगइन गर्ने सुविधा बन्द गर्ने

विन्डोजले पासवर्ड बिना लगइन गर्न प्रोत्साहन गरे पनि यसलाई सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । त्यसैले यसलाई सकेसम्म सधैँ बन्द गर्नुहोस् । यदि कसैले तपाईँको कम्प्युटरमा भौतिक पहुँच पायो भने, उसले सजिलै तपाईँका फाइलहरू हेर्न सक्छ ।

घरमा एक्लै बस्ने भए पनि, ल्यापटप कफी शप वा यात्रामा लैजाँदा चोरी भएमा जो कसैले पनि सबै कुरामा तत्काल पहुँच पाउन सक्छ । त्यसैले बलियो पासवर्ड राख्नु सुरक्षित मानिन्छ। बलियो पासवर्ड बनाउन पासवर्ड म्यानेजरको पनि प्रयोग गर्न सक्नु हुन्छ । यदि तपाईँको सपोर्ट गर्छ भने आफ्नो विन्डोज ११ ल्यापटपमा फिङ्गरप्रिन्ट स्क्यानर पनि प्रयोग गर्न सक्नु हुन्छ । तर यो पनि पासवर्डको अतिरिक्त सुरक्षाको उपाय मात्र हो, मुख्य सुरक्षाको उपाय होइन ।

३. एप पर्मिसन चेकजाँच गर्नुहोस्

कुन एपहरूले तपाईँको लोकेशन (ठेगाना), माइक्रोफोन र क्यामेरा जस्ता कुराहरूमा पहुँच पाएका छन् भनेर जाँच गर्नु पनि महत्त्वपूर्ण छ । धेरैजसो एपहरूले आवश्यक भन्दा बढी अनुमति मागेका हुन सक्छन् । त्यसैले आफ्नो कम्प्युटरको Settings हुँदै Privacy and security मा गएर App permissions सेक्सनबाट कुन एपलाई कुन अनुमति दिइएको छ भनेर हेर्न र व्यवस्थापन गर्न सक्नु हुन्छ ।

यदि कुनै एपलाई किन अनुमति दिइएको हो भन्ने याद छैन भने त्यसलाई बन्द गरिदिनु होस् । जुम वा म्याप जस्ता एपहरू बाहेक अन्य एपहरूलाई यी संवेदनशील जानकारीहरूमा डिफल्ट किसिमले पहुँच दिई रहनुपर्ने खास कारण हुँदैन । यसरी कुनै एपलाई पृष्ठभूमिबाट अवाञ्छित गतिविधि गर्न र अनावश्यक डेटा सङ्कलन गर्नबाट रोक्न सकिन्छ ।

कहिलेकाहीँ एप डेभलपरहरूले भविष्यमा थपिने फिचरका लागि अहिले नै अनुमति मागेका हुन सक्छन् । अथवा एपले प्रयोग गर्ने थर्ड-पार्टी टुललाई यस किसिमको अनुमति आवश्यक हुन सक्छ । तर पनि, बिना जानकारी पहुँच दिनुभन्दा एक पटक जाँच गर्नु राम्रो हुन्छ । मानौँ कुनै क्यालकुलेटर एपले तपाईँको लोकेशनको पर्मिसन मागिरहेको छ भने त्यो खतराको घण्टी हुन सक्छ ।

४. अप्टिकल डायग्नस्टिक डेटा बन्द गर्ने

आफ्नो ब्राउजिङ गतिविधि, एप प्रयोग, र डिभाइस गतिविधि जस्ता जानकारीहरू सङ्कलन भएकोमा कुरामा सहज महसुस गर्नु हुन्न भने अप्टिकल डायग्नस्टिक डेटा बन्द गर्नुहोस् । सामान्यतया, तपाईँको कम्प्युटरले सिस्टमको धारभूत जानकारी माइक्रोसफ्टलाई पठाउँछ ।

तर यसले तपाईँलाई सिस्टम सेटिङ, एपहरू, र एज ब्राउजरमा भिजिट गरेका साइटहरू बारे थप डेटा पठाउने विकल्प पनि दिइरहेको हुन्छ । यदि तपाईँ चाहनु हुन्छ भने Settings बाट Privacy and Security हुँदै Diagnostics and Feedback मा गएर यस किसिमको पर्मिसन बन्द गर्न सक्नुहुन्छ ।

५. उपलब्ध भएसम्म बिटलकर इनेबल गर्ने

यदि तपाईँ विन्डोज ११ प्रो प्रयोग गर्दै हुनुहुन्छ भने, बिटलकर अन गर्नु राम्रो मानिन्छ । यो एक बिल्ट-इन इन्क्रिप्सन (डेटालाई गोप्य बनाउने) उपकरण हो, जसले पूरै ड्राइभलाई सुरक्षित गर्छ । यसको मतलब यदि कसैले तपाईँको ल्यापटप चोरी भयो भने पनि चोरले हार्ड ड्राइभ निकालेर अर्को पीसीमा जोडेर तपाईँका फाइलहरू हेर्न सक्दैन ।

यो सुविधा Settings बाट Privacy and security मा गएर त्यसपछि Related settings सेक्सन अन्तर्गत रहेको BitLocker Drive Encryption मा भेट्न सकिन्छ । यदि तपाईँको कम्प्युटरमा यो सुविधा उपलब्ध छ, तर इनेबल गरिएको छैन भने, यसलाई अन गर्नु होस् ।

तर, यसको रिकभरी कीलाई भने सुरक्षित ठाउँमा ब्याकअप गर्न नबिर्सनुहोस् । किनकि यदि तपाईँ कहिल्यै लकआउट हुनुभयो भने यसको आवश्यकता पर्छ । ल्यापटप हराउने सम्भावना कम भए पनि, अप्रत्याशित घटना जुनसुकै बेला हुन सक्छ । त्यसैले केही मिनेट निकालेर इन्क्रिप्सन सेटअप गर्नु भविष्यमा आफ्ना फाइलहरू गलत व्यक्तिको हातमा पर्नबाट बचाउन धेरै महत्त्वपूर्ण छ ।

६. आफ्नो कम्प्युटरलाई सुरक्षित राख्ने

धेरै प्रयोगकर्ताहरूले तब मात्र सुरक्षाको बारेमा सोच्छन्, जब आफूमाथि केही समस्या आइपर्छ । तर सुरुमै केही साधारण परिवर्तनहरू गरेर, भविष्यमा हुन सक्ने पछुतो र सम्भावित क्षतिबाट बच्न सकिन्छ । यी परिवर्तनहरू गर्न कुनै साइबर सुरक्षा विशेषज्ञ भइरहनु पर्दैन । विन्डोजमा नयाँ प्रयोगकर्ताले पनि यी कामहरू गर्न सक्छन् ।

आफ्नो गोपनीयता नियन्त्रणमा राख्न तपाईँ साइबर सुरक्षा विशेषज्ञ हुनै पर्दैन । चाहे त्यो माइक्रोफोनमा कुन एपलाई पहुँच छ भनेर जाँच गर्ने होस् वा आफ्नो डेटा इन्क्रिप्ट गर्न बिटलकर इनेबल गर्ने कुरा नै किन नहोस् । यसमा लगानी गरेको समय पक्कै पनि सार्थक नै हुन्छ । यी सेटिङहरू पछि गरौँला भनेर छोड्नु भन्दा सुरुमै सही तरिका मिलाउनु भयो भने भविष्यमा धेरै समस्याबाट बच्न र तनाव कम गर्न सक्नु हुन्छ ।

#डिजिटल ट्रेन्ड

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १६:५९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थपेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले आइतबार मिश्र, आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलगायतविरुद्ध राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा थप म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । 

Ncell 2
Ncell 2

उनीहरुलाई म्याद थपका लागि आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालत पेस गराएको थियो । राजावादीहरुको हिंस्रक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । पूर्वाधार विकास, औद्योगिक विकास तथा मानव विकास सूचकाङ्कमा कमजोर अवस्थामा रहेको सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न रूपान्तरणकारी योजना अगाडि सारी पर्याप्त बजेट व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामामा वक्ताहरूले सो विषयमा जोड दिएका हुन्। वक्ताहरूले प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने प्राथमिकताका योजनाबारे सबै दलबाट प्रतिनिधित्व गर्ने सांसद तथा सरोकार भएकाहरू एकजुट हुनुपर्ने धारणा राखे।

आयोगका अध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा सञ्चालित राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनालाई उच्च प्राथमिकता दिई बजेट विनियोजनका लागि सङ्घीय सांसदहरूको भूमिका महत्वपूर्ण हुने बताए। ‘सङ्घीय बजेट आउँदैछ। त्यसको असर प्रदेश र स्थानीय तहमा पनि पर्छ। त्यसैले आगामी आर्थिक वर्षको बजेटमा प्रदेशको समृद्धिका लागि केही महत्वपूर्ण रूपान्तरणकारी योजना अगाडि बढुन् भन्ने चाहेका छौँ। यसमा विशेषगरी सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको भूमिका महत्वपूर्ण हुन्छ। सबैले आआफ्नो क्षेत्रबाट भूमिका खेल्नुहुन्छ भन्नेमा अपेक्षा गरेका छौँ,’ उनले भने।

आयोगका उपाध्यक्ष डा जीवन रानाले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनामा बजेट विनियोजन, प्रदेश समृद्धिको सपना साकार गर्न आवश्यक रणनीति, प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्रभावकारी भूमिका खेल्न सङ्घीय सांसदहरूलाई आग्रह गरे। ‘अपार सम्भावना भएको सुदूरपश्चिम प्रदेशमा विकासको गति बढाउन सङ्घीय सरकारको भूमिका महत्वपूर्ण छ। त्यसमा सबै दलबाट प्रतिनिधित्व गर्ने नेताहरूको थप योगदान अपेक्षित छ। प्रदेश सरकारले अघि सारेका नौ वटा विकास प्राथमिकताका क्षेत्रलाई मध्यनजर गरी सङ्घीय नीति तथा योजना र बजेटमा बढीभन्दा बढी योजना समेट्नका लागि क्रियाशील हुन आवश्यक छ’, उनले भने।

प्रदेशका प्राथमिकता प्राप्त क्षेत्रमा कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन विकास, ऊर्जा, यातायात, सञ्चार, आवास, खानेपानी र सिँचाइ क्षेत्रमा गुणस्तरीय भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण एवं रोजगारीसहितको सामाजिक विकास, औद्योगिकरण, गरिबी निवारण, जडीबुटी उत्पादनसहितको वन तथा वातावरणमैत्री हरित विकास, संस्थागत सबलीकरण र सुशासन तथा डिजिटल प्रदेश रहेका छन्।

कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्। उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउनुभन्दा पछि परेका समुदाय र सामग्र प्रदेशले लाभ लिनेगरी ठोस् योजना तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री डा राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा जोड दिँदै कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक प्रविधिसँग जोड्दै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन्।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आवका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम यही वैशाख १९ गते आउन लागेको उल्लेख गर्दै त्यसमा प्रदेशका नीतिगत प्राथमिकता समेट्न जोड दिनुपर्ने बताए। उनले यस कार्यमा मन्त्रीको हैसियतमा आफूले पनि पहल गर्ने र दुई दलीय गठबन्धनका शीर्ष नेतृत्व तहमा यस विषयलाई थप प्रभावकारी रूपमा उठान गर्न सबैको सामूहिक पहलको आवश्यकता औँल्याए।

‘प्रतिफल दिने योजनामा विशेष जोड दिने आवश्यकता छ। सरकारले पनि यही भावनाका साथ आवश्यक तयारी गरिरहेको छ। कुल बजेटको करिब १७ प्रतिशत पुँजीगत बजेट हुने र त्यो पनि कार्यान्वयन गर्न नसक्ने समस्याले देशको पुँजीबजार चलायमान हुन नसकेको अवस्था छ’, मन्त्री भण्डारीले भने, ‘यसैकारण सुदूपश्चिमको विकासमा दीर्घकालीन योगदान गर्ने योजना, छिमेकी मुलुकबाट लाभ लिन सकिने क्षेत्रमा लगानी गर्न सोहीअनुसारका योजना अगाडि सारौँ। ठूला योजनामा निजी क्षेत्रलाई समेत सँगसँगै लिने गरी विकास पूर्वाधारमा जोड दिऔँ।’

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले प्रदेशको भूगोल, आवश्यकता र औचित्यका आधारमा त्रिदेशीय नाकाको विकास, विद्युत् विकासका लागि प्रसारण लाइन, औद्योगिकरण, वातावरण संरक्षणसहित पोडवेलगायत वैकल्पिक यातायात पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताए। सङ्घीय सांसदका रूपमा आफूहरूले प्रदेशको विकासमा महत्वपूर्ण प्रभाव पार्ने योजनाका लागि पहल गरिरहेको उनको भनाइ थियो।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले निजी क्षेत्रको लगानी परिचालनका साथै राष्ट्र बैंकलगायत सरकारका निकायको स्रोत प्रदेशमा खर्च गर्ने अवस्थाका लागि पनि पहल आवश्यक रहेको बताए। उनले पूर्वाधार, रोजगारी र आर्थिक गतिविधि सँगसँगै अगाडि बढाउने आवश्यकता रहेकाले पश्चिम सेतीजस्ता ठूला परियोजना कार्यान्वयन र जमिनको चक्लाबन्दी गरी उत्पादनमा जोड दिनुपर्ने बताए।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर कुवँरले आवश्यकता र औचित्यका आधारमा योजना छनोट र छरिएर रहेको नागरिक पुँजीलाई समेत परिचालन गर्ने गरी परियोजना विकास गरिनुपर्ने धारणा राखे।

कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा), प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपाने, पुष्प शाही, प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र दीर्घ सोडारी, प्रदेशका पूर्वमन्त्री डा रणबहादुर रावल, नरेश शाही, प्रकाशबहादुर रावल, प्रकाश शाह, प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्षद्वय गणेश विश्वकर्मा, अनुपकुमार उपाध्यायलगायतले आफ्नो धारणा राखेका थिए। रासस


सामाग्री श्रोत :

‘सुदूरपश्चिमको विकासका लागि राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना आवश्यक’

काठमाडौँ । आजको डिजिटल युगमा हाम्रा स्मार्टफोन र अन्य उपकरणहरू हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भएका छन् । यी उपकरणहरू सञ्चालन गर्न नियमित रूपमा चार्ज गर्नुपर्ने हुन्छ ।

परम्परागत तारयुक्त चार्जिङको विकल्पको रूपमा वायरलेस चार्जिङ प्रविधि हालका वर्षहरूमा लोकप्रिय हुँदै गइरहेको छ । वायरलेस चार्जिङले केही महत्त्वपूर्ण फाइदाहरू प्रदान गरे पनि, यसका बेफाइदाहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

यहाँ हामी तपाईँको सजिलोको लागि वायरलेस चार्जिङका मुख्य फाइदा र बेफाइदाहरूलाई केलाउँदैछौ ।

फाइदाहरू

बेफाइदाहरू:

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १९:११





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको लगानी बोर्डको ६१ औं बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो । पाँच वर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको छ ।

Ncell 2
Ncell 2

बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिए।

‘चाँडोभन्दा चाँडो शिक्षकहरूलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्छ। आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नुपर्छ। शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं,’ उनले लेखेका छन्।

उनले विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको बताएका छन्।


सामाग्री श्रोत :

शिक्षकहरूको आवाजलाई दमन गर्नु गलत : महामन्त्री थापा

काठमाडौँ । लोकप्रिय वेब ब्राउजर क्रोममा आज उपलब्ध विशेषता र कार्यक्षमता आफू बाहेक अरू कुनै पनि कम्पनीले दिन नसक्ने गुगलले जनाएको छ ।  शुक्रबार अमेरिकी न्याय विभागले गुगलविरुद्ध दायर गरेको एकाधिकार विरोधी मुद्दाको सुनुवाइका क्रममा ब्राउजरकी महाप्रबन्धक पारिसा ताब्रिजले वाशिङ्टन सङ्घीय अदालतमा बयान दिँदै क्रोम गुगल बाहेक अरूले सञ्चालन गर्न नसक्ने दाबी गरेकी हुन् । 

गुगलको मातृ कम्पनी अल्फाबेट इङ्कसँगको अन्तर आबद्धताका कारण क्रोम यो अवस्थामामा आइपुगेको उनले सुनाइन् । “आजको क्रोम, यहाँका कर्मचारी र गुगलका बाँकी हिस्साबिच १७ वर्षको सहकार्यको परिणाम हो,” उनले भनिन्, “यसलाई अलग बनाउन खोजे क्रोम अहिले जस्तो छ, त्यस्तो हुने छैन ।”

सेफ ब्राउजिङ मोड, प्रयोगकर्ताको पासवर्ड ह्याक भएमा सूचित गर्ने प्रणाली जस्ता फिचर गुगलको साझा पूर्वाधारमा निर्भर भएको उनले सुनाइन् । उनले अगाडि भनिन्, “क्रोमलाई गुगलबाट अलग्याएपछि यसलाई पुनः सिर्जना गर्न सकिन्छ भन्ने मलाई लाग्दैन ।”

गुगलले सर्च बजारमा अवैध रूपमा एकाधिकार कायम गरेको न्यायाधीश अमित मेहताले गत वर्ष ठहर गरेका थिए । उनैका अघि ताब्रिजले घण्टौँसम्म बयान दिएकी हुन् । अहिले न्यायाधीश मेहताले गुगलले आफ्नो व्यापार अभ्यासमा कस्तो परिवर्तन गर्नुपर्छ भन्ने विषयमा तीन हप्ताको सुनुवाइ गरिरहेका छन् ।

न्याय विभागले गुगललाई क्रोम ब्राउजर बेच्न र सर्च रिजल्ट तयार पार्न प्रयोग गरिने केही डेटाका लागि बाध्य पार्न माग गरेको छ । साथै, गुगललाई आफ्नो सर्च इन्जिन विभिन्न कम्पनीका ब्राउजरमा डिफल्ट सर्च इन्जिन बनाउन गर्दै आएको भुक्तानी पनि रोक्न माग गरिएको छ । 

यो प्रस्तावित प्रतिबन्ध गुगलका एआई प्रडक्ट जेमिनाईमा पनि लागु हुनेछ । जेमिनाईलाई गुगलको अवैध एकाधिकारबाट फाइदा पुगेको सरकारको दाबी छ ।

गुगल क्रोम विश्वको सबैभन्दा लोकप्रिय ब्राउजर हो । यसलाई विश्वभर लगभग ६६ प्रतिशतभन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्ने गरेको स्ट्याटकाउन्टरको रिपोर्टले देखाएको छ । यो ब्राउजर ओपन-सोर्स क्रोमियम प्रोजेक्टमा आधारित छ । क्रोमियम गुगलले तयार पारेको भए पनि यसले मेटा प्लेटफर्म्स इंक, माइक्रोसफ्ट कर्प र लिनक्स फाउन्डेसन जस्ता अन्य कम्पनीबाट प्राविधिक योगदान लिँदै आएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ २०:१०





सामाग्री श्रोत :
टेक पाना

रौतहट– टिकटक बनाउने बहानामा बोलाएर रौतहटमा एक जना बालकको गोली हानी हत्या भएको छ । प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पुर्‍याई हत्या गरेको पाइएको हो ।

६ वैशाखमा रौतहटको वृन्दावन नगरपालिका-७ का बालक कृष्णप्रसाद यादवलाई टिकटक बनाउने भन्दै मोबाइलमा फोन गरेर २५ वर्षीय नागेन्द्र सहनीले बोलाएका थिए ।

दिउँसो ४ बजे घरबाट बीआर०५डब्लू०१३७ नम्बरको भारतीय मोटरसाइकल चढेर गरुडा नगरपालिका-८ को चाँदी खोलामा जाने क्रममा गढीमाई मन्दिर नजिक पुगेपछि उनलाई २५ वर्षीय नागेन्द्र सहनी र साधु भनिने २२ वर्षीय अर्का व्यक्ति नागेन्द्र सहनीले बालक यादवलाई कब्जामा लिएर चाँदी खोलातर्फ लगेका थिए ।

रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार दुवै परिवारबीच पुरानो रिसिइबी रहेको पाइएको छ । सोही रिसिइबी साँध्न नागेन्द्रले बालक कृष्णलाई टिकटक बनाउने बाहनामा बोलाएर हत्या गरेको देखिन्छ ।

केही समय पहिले कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा डुबेर नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो । तर कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएका थिए । प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘तीन वर्षअघि कृष्णको बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि समेत अपहरण मुद्दा दायर भएको रहेछ । यो मुद्दा अहिले पनि चलिरहेको र हाल उनी फरार रहेका छन् ।’

Ncell 2
Ncell 2

सोही पुरानो रिसिइबीका कारण टिकटक बनाउने बहानामा कृष्णलाई बोलाएर छातीमा २ राउन्ड गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्यापश्चात् दुवैजनाले मृतकको मोटरसाइकल प्रयोग गर्दै दुर्गाभगवती गाउँपालिका-५ स्थित बहिनीको घरमा टिनको बाकसमा पेस्तोल लुकाएको भेटिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । 

उनीहरूले मोटरसाइकलको नम्बर प्लेट भाँचेर माटोमा गाडेको र एक दिनपछि पुनः उक्त मोटरसाइकल गौर नगरपालिका-४ का विकास पटेललाई बेचेको प्रहरी अनुसन्धाबाट खुलेको घिमिरेले बताए ।

मोटरसाइकललाई टुक्रा पारेर प्रमाण नष्ट गर्न उनीहरूले गौरमा रहेको एक ग्यारेजमा पुर्‍याएका थिए । घिमिरेका अनुसार मोटरसाइकल खरिद गर्ने विकास पटेल र ग्यारेजका मालिक अनिल साहलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

shivam cement
shivam cement

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट