२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

अफरोड लक्षित एमजीको नयाँ ईभी ‘साइबर एक्स’ सार्वजनिक

काठमाडौं । एमजी मोटरले आफ्नो साइबर सिरिज अन्तर्गतको नयाँ ईभी सार्वजनिक गरेको छ । हाल चीनको साङ्घाइमा जारी साङ्घाइ अटो शो २०२५ मा कम्पनीले साइबरको लाइनअपको रुपमा नयाँ एसयूभी साइबर एक्स प्रदर्शन गरेको हो । स्टारडस्ट ग्रे कलरको यो इलेक्ट्रिक एसयूभीमा क्लासिक पप-अप हेडलाइट, फुल-विड्थ एलईडी लाइट बार, डुअल-टोन अलोय ह्वील जस्ता फिचरहरू छन्।

यो गाडीको डिजाइन चर्चित अटो डिजाइनर जोसेफ काबानको निर्देशनमा तयार गरिएको बताइएको छ, जसले यो भन्दा अगाडी बुगाट्टी भेरोनको पनि डिजाइन गरेका थिए । साइबर एक्स एसयूभी एसएआईसी (SAIC) कम्पनीको नयाँ ईथ्री (E3) इलेक्ट्रिक प्लेटफर्ममा आधारित रहेको बताइएको छ । यसमा एमजीको नयाँ जेब्रा ३.० अपरेटिङ सिस्टम प्रयोग गरिएको जनाइएको छ । कम्पनीले यो गाडी विशेष गरी शहरी क्षेत्र तथा अफरोडलाई लक्षित गरि तयार गरेको बताएको छ ।

साइबर एक्ससँगै कम्पनीले साइबरस्टर एमवाई २०२६ र साइबरस्टर ब्ल्याक १०१ एनिभर्सरी इडिसन पनि साङ्घाई अटो शोको क्रममा सार्वजनिक गरेको छ । सन् २०२६ मा यी गाडीहरू बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १०:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट