२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

एन्ड्रोइड १६ को अन्तिम बेटा संस्करण सार्वजनिक, यी फोनमा चलाउन सकिने

काठमाडौँ । गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड १६ को अन्तिम बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड १६ बेटा फोर जारी गर्दै अब यस संस्करणमा प्रयोग हुने डेभलपर एपीआई र एप्ससँग सम्बन्धित व्यवहारहरू अन्तिम भएको जानकारी दिएको छ । अब डेभलपरहरूले एन्ड्रोइड १६ लक्षित एप प्ले स्टोरमा राख्न सक्नेछन् ।

यसअघि यो अपडेट पिक्सेल सिरिजका फोनमा मात्र उपलब्ध थियो । अब अनर, लेनोभो, ओप्पो, रियलमी, भिभो, साओमी लगायत ब्रान्डका फोन, ट्याब्लेट र फोल्डेबल डिभाइसमा पनि एन्ड्रोइड १६ बेटा परीक्षण गर्न सकिनेछ । यद्यपि यी बेटा संस्करणहरू स्टेबल नभएकाले सामान्य प्रयोगकर्ताले आफ्नो मुख्य फोनमा इन्स्टल नगर्न सुझाइएको छ ।

परीक्षण गर्न मिल्ने डिभाइसमा HONOR Magic 7 Pro, Lenovo Yoga Tab Plus, OnePlus 13, OPPO Find X8, realme GT 7 Pro, vivo X200 Pro, iQOO 13, Xiaomi 14T Pro, Xiaomi 15 र Redmi K70 Ultra रहेका छन् ।

यदि तपाईं पिक्सेल फोन प्रयोगकर्ता हुनुहुन्छ भने एन्ड्रोइड १६ बेटा आफ्नै फोनमा पनि परीक्षण गर्न सकिन्छ । अन्यथा, एन्ड्रोइड इम्युलेटर मार्फत पनि यो अपडेट परीक्षण गर्न सकिन्छ । गुगलले एन्ड्रोइड १६ को स्टेबल संस्करण पनि चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ २०:५०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट