२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट

काठमाडौं- स्थानीय तह अन्तर्गत रहेका देशभरीका ३३ अस्पताल मध्य कटारी अस्पताल फेरिपनि  उत्कृष्ट बनेको छ। नेपाल सरकारको न्यूनतम सेवा मापदण्ड संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीले मापन गर्दा कटारी नगर अस्पताललाई १ सय अंकमा  ८८  नम्बर पाएको छ।प्रदेश स्वास्थ निर्देशनालयले ६ /६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत मापन गर्दा देशभरीका नगर अस्पतालमध्ये पहिलो नम्बरमा कटारी अस्पताल परेको हो। ३३ स्थानीय अस्पतालमध्ये कटारी अस्पताल ८८ स्कोर सहित प्रथम भए संगै यो हरियो जोनमा परेको स्वास्थ निर्देशनालय धनकुटाका एमएसएस अफिसर पशुपति खनालले जानकारी दिए।६ महिना पहिले नेपाल सरकार  स्वास्थ क्षेत्रका जानकारहरुले मापदण्ड बमोजिम लेखाजोखा गर्दा ८३ अंक पाएको कटारी अस्पताल त्यो बेला पनि पहिलो बनेको थियो। अहिले भने ८८ अंक सहित पहिलो भएको  छ। नगर अस्पतालले दिने न्यूनतम सेवा सुधारसंगै विभिन्न सूचकहरुको माध्यमबाट गरिएको मापनमा मूल्याकंन गर्दा कटारी अस्पतालले ८८ नम्बर पाएको हो।विगत केही वर्ष यता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले निरन्तर सेवा सुबिधा बढाउदै गइरहेको छ। न्यूनतम सेवा मापन गर्न  स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनाल, डा. प्रशान्त शाह र जिल्ला अस्पताल उदयपुरका गाइनोलोजिस्ट तथा श्रोत व्यक्ति डाक्टर मुकेश झा सहितको अनुगमनको टोली कटारी अस्पताल आइपुगेका थिए। दुइ दिन भएको  कार्यक्रममा पहिलो दिन अनुगमन र दोस्रो दिन छलफल भएको हो। यो मापन न्यूनतम सेवा भएकोले थप सेवा दिन अनुगमन श्रोत व्यक्ति स्वास्थ निर्देशनालय धनकुटाबाट एमएसएस अफिसर पशुपति खनालले सुझाव दिएका थिए । अस्पतालले अझै सुधार गर्नु पर्ने धेरै कामहरू बाँकी नै रहेकाले आउँदा दिनमा ध्यान दिन सरोकारवाला लाई खनालले आग्रह गरेका थिए।अस्पतालका मेडिकल सुपरीटेण्डेट डा. गौरव साहले अस्पतालमा भएका सुधार, समस्या र चुनौतीका बिषयमा प्रष्ट पारेका थिए।कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए। विशिष्ठ अतिथि कटारी नगरपालिका उप प्रमुख गीता खड्काले सेवा लिन आउने सेवाग्राहीले अस्पतालमा सेवा लिँदा महसुस हुने गरी काम गर्न जोड दिनु भएको थियो।यो अस्पताल अहिले भने प्रादेशिक अस्पतालमा स्तर उन्नति भइसके पनि पूर्ण कार्यान्वयन नयाँ आर्थिक बर्ष देखि हुने र हाल नगर र प्रदेश दुबैले हेरि रहेको अस्पतालले जनाएको छ। आगामी वर्ष न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रम अन्तर्गत यो अस्पताल प्रादेशिक अस्पताल अन्तर्गत मूल्याकंन हुने डाक्टर गौरव शाहले जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट