२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

वर्षाका कारण खेल नहुँदा विश्वकपबाट वञ्चित भएपछि शक्तिले भने– भाग्यले साथ दिएन

काठमाडौं– नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक शक्ति गौचनले अफगानिस्तानसँगको निर्णायक खेल रद्द भएपछि विश्वकप छनोट हुने सपना रहेको तर भाग्यले साथ नदिँदा पूरा हुन नसकेको बताएका छन् ।

शनिबार खेल रद्द भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शक्तिले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘लामो समयदेखि तयारी गरेका थियौं, एउटा सपना बोकेका थियौं तर भाग्यले साथ नदिँदा राम्रो नतिजाका साथ फिनिस हुन सकेन,’ उनले भने, ‘जीवन यस्तै हो, कहिले सुख हुन्छ कहिले दुःख, अब यसबाट अगाडि बढेर आगामी दिनमा अझै राम्रो गर्नुपर्छ ।’

Ncell 2
Ncell 2

त्यस्तै शक्तिले अफगानिस्तानसँगको खेलमा उच्च मनोबलका साथ खेलेर जित निकाल्ने लक्ष्य लिएको पनि उल्लेख गरे ।

‘यसअघि भएको शृंखलामा राम्रो कमब्याक गरेको थियौं, हराउन सक्छौं भन्ने थियो,’ उनले भने, ‘बिहान पानी परेर रोकिएपछि पनि खेल भएमा खेलेर जित्छौं भन्ने थियो ।’

shivam cement
shivam cement

यता कप्तान नरेन भट्टले पनि राम्रो प्रदर्शनका बाबजुद भाग्यले साथ नदिँदा छनोट हुन नपाएकोमा दुःख लागेको बताए ।

‘राम्रो खेलिरहेका थियौं, सबै फर्ममा थिए अनि मनोबल पनि उच्च थियो,’ उनले भने, ‘पानी पर्ला भन्ने बारेमा त्यति ध्यान दिएका थिएनौं, खेलेर जित्ने नै लक्ष्य थियो तर पूरा हुन सकेन ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट