२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

शिक्षक आन्दोलनप्रति झाक्रीको टिप्पणी, ‘अब चाँहि रमिता बढी भयो’

काठमाडौँ –नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको भन्दै टिप्पणी गरेकी छिन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरुलाई प्रश्न गरेकी छिन् ।

उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरुको प्रवृत्ति सही नभएको जिकिर गरेकी छिन् । ‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ?’ उनले प्रश्न गरेकी छिन् ।

Ncell 2
Ncell 2

‘समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ?’ झाक्रीले भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ ? उनको प्रश्न छ ।

shivam cement
shivam cement

झाक्रीले निजी स्कूलले धमाधम भर्ना  गरेर  कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोपसमेत लगाएकी छिन् ।

jhakri-Status-1745033961.JPG
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट