२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

नेपाल यू–१९ विश्वकप छनोटको निर्णायक खेल अफगानिस्तानसँग खेल्दै, वर्षा बाधक बन्न सक्ने 

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुँदैछ । 

पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ । यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ ।

Ncell 2
Ncell 2

छनोट प्रतियोगितामा ३ खेलबाट दुवै टोलीले ६ अंक जोड्दै शीर्ष दुईमा छन् । रनरेटमा अघि हुँदा खेल रद्द भएको खण्डमा पनि अफगानिस्तान विश्वकपमा छनोट हुनेछ ।

shivam cement
shivam cement

नेपालका लागि भने जितको विकल्प हुने छैन । नेपालले युएईलाई ५ रन, ओमनलाई ८ विकेट र हङकङलाई ९ विकेटले पराजित गरेको थियो । अफगानिस्तानले ओमन र हङकङलाई समान ८ विकेट र युएईलाई १ सय ८० रनले पराजित गरेको हो । आजको खेलमा वर्षा बाधक बन्ने देखिन्छ । काठमाडौँ उपत्यकामा बिहानै देखि सिमसिमे वर्षा भइरहेकाले खेल प्रभावित हुन सक्ने पनि देखिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट