काठमाडौँ । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउने भएका छन् । एनसेल एपमा प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ कम्पनीले अन्य उपयोगी सुविधाहरू समेत समावेश गरेको छ ।

सेल्फ सर्भिस एपको रूपमा रहेको एनसेल एप मार्फत १०० देखि २०० रुपैयाँसम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले १ दिनको लागि २०० एमबी डेटा बोनस प्राप्त गर्नेछन् । त्यस्तै २०० रुपैयाँ वा सोभन्दा माथिको अनलाइन रिचार्जमा ३ दिनको लागि मान्य हुने ५०० एमबी डेटा बोनसमा पाइन्छ । स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने डेटा बोनस लागु नहुने कम्पनीले स्पष्ट पारेको छ ।
यो बोनस अफरले ग्राहकहरूलाई डिजिटल माध्यम अपनाउन प्रोत्साहित गर्नुका साथै बोनस डेटाको फाइदा दिने एनसेलको विश्वास छ । यसका साथै कम्पनीका ग्राहकले एनसेल एप मार्फत् एपमा उपलब्ध विविध सेवा, सुविधाहरू उपयोग गरी त्यसको फाइदा समेत लिन सक्छन् ।
ग्राहकमैत्री यो एपले प्रयोगकर्ताहरूलाई दुई क्लिकमै विभिन्न सेवा उपयोग गर्न सकिने सुविधा दिएको छ । जसले गर्दा यो एउटा नभई नहुने सेल्फ केयर टुलको रूपमा समेत स्थापित हुँदै गएको छ ।

एनसेल एप मार्फत् प्रयोगकर्ताहरूले सजिलै डेटा तथा भ्वाइस प्याक, सधैँ अन प्याकहरू, सधैँ अन रिनुअल प्याकहरू लिन सक्छन् । साथै अनलाइन रिचार्ज गर्नेदेखि आफ्नो सेवा प्रयोगको विवरण हेर्न सक्नेसम्मका सुविधा यसमा रहेका छन् । डेटालाई भ्वाइसमा वा भ्वाइसलाई डेटामा परिवर्तन गर्न सकिने सुविधा पनि यही एपमा छ ।
साथै ग्राहकले प्याकलाई उपहारको रूपमा पठाउन सक्छन् । अन्य उपलब्ध सुविधाहरूमा अनलाइन तथा अफलाइन गेम, अनलाइन समाचार, मासिक बिल हेर्ने सुविधा, सेवा सक्रिय गर्ने वा लिएका सेवा निष्क्रिय गर्ने सुविधा, रोमिङ सेवा लगायत छन् ।
विभिन्न उद्देश्यले छोटो वा लामो समयका लागि विदेश जाने एनसेलका ग्राहकहरूका लागि पनि यो एक प्रभावकारी सेल्फ सर्भिस एप हो । जसले उनीहरूलाई सजिलै रिचार्ज गर्न, प्याक खरिद गर्न र रोमिङ सेवाका साथ सजिलै सम्पर्कमा रहन मद्दत गर्छ ।
एनसेलका ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १३:३२
सामाग्री श्रोत :
टेक पाना