२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

सूचना प्रविधि विभागदेखि सञ्चार मन्त्रालय, दूरसञ्चार प्राधिकरण लागयतका दर्जनौँ वेबसाइट डाउन

काठमाडौँ । दर्जनौँ सरकारी वेबसाइटहरू एकाएक डाउन भएको पाइएको छ । शुक्रबार बिहानदेखि सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय लगायतका प्रमुख साइटहरू चल्न छोडेका हुन् ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले राष्ट्रिय सूचना प्रविधि केन्द्र (सरकारको एकीकृत डेटा सेन्टर) मा पावर सप्लाईको समस्या आएका कारण वेबसाइटहरू प्रभावित भएका छन् । नेपाल विद्युत् प्राधिकरणको लाइनमा समस्या आएका कारण डेटा सेन्टरको विद्युत्‌ आपूर्ति रोकिएको छ ।

संवेदनशील मानिएका साइटहरूलाई जनेरेटरको सहयोगमा सञ्चालनमा ल्याइएको भए पनि अन्य साइटहरू चल्न सकेका छैनन् । अबको केही समयमा बन्द भएका सम्पूर्ण साइटहरू पुनः सञ्चालनमा आउने महानिर्देशक शर्माले जानकारी दिए ।

त्यसो त काठमाडौँ सिंहदरबारमा रहेको एकीकृत डेटा सेन्टरमा समस्या आउँदा सरकारी सिस्टमहरूलाई ब्याकअप दिन हेटौँडामा रिकभरी साइट समेत बनाइएको छ । तर उक्त साइटले समेत धान्न नसक्ने गरी सरकारी सिस्टम तथा साइटहरू प्रभावित भएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १०:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट