२०८२ बैशाख ३ बुधबार
LATEST NEWS
२०८२ बैशाख ३ बुधबार

दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

काठमाडौं । दुर्गा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान अघाडि बढाएको छ। काठमाडौंको तीनकुनेमा ज्यान मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा प्रसाईंमाथि प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाएको बताइएको छ।

उनीविरूद्ध चैत १५ गते फिल्डमा खटिएका प्रहरी अधिकारीले ज्यान मार्ने उद्योगमा निवेदन दिएका हुन्।

चैत १५ गते दुई जनाको ज्यान जाने गरी भएको राजाबादीको आन्दोलनमा प्रसाईं आफैँले गाडी हुइँकाउँदै प्रहरीमाथि चलाउन खोजेका थिए।


सामाग्री श्रोत :

दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट