२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

त्रिविका विद्यार्थीले अनलाइनबाट नै ट्रान्सक्रिप्टको लागि आवेदन दिन सक्ने

काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अबदेखि अनलाइनबाटै फाराम भर्न सकिने भएको छ । विश्वविद्यालयले मङ्गलबारदेखि विद्यार्थीहरूको लागि ट्रान्सकिप्टको अनलाइन फाराम खुलाएको हो । 

फारम भर्नका लागि विद्यार्थीले https://student.tuexam.edu.np/login मा आफ्नो रजिस्ट्रेसन नम्बर र जन्म मिति राखेर साइन अप गर्नुपर्नेछ । त्यसपछि विद्यार्थीहरूले युजर आईडी र पासवर्ड राखेर लगइन गर्न सक्नेछन् । 

त्यस्तै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्नका लागि फाराम भरेरपछि तोकिएको शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । विश्वविद्यालयले गत वर्षदेखि नै अनलाइन सेवा सुरु गरेपनि प्राविधिक समस्या आएपछि बन्द गरिएको थियो । 

पहिले अन्य सर्भरबाट अनलाइन प्रणाली सञ्चालन गर्दा समस्या आएपछि विश्वविद्यालयकै सिस्टमबाट अनलाइन फाराम भर्ने काम सुरु गरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । 

उनले भने, “अनलाइन फाराम भर्दा केही गल्तीहरू भेट्टिएन भने २४ घण्टा भित्र नै ट्रान्सक्रिप्ट प्रिन्ट गर्ने तयारी गरिरहेका छौँ । कति अनलाइन फाराम आउँछन्, त्यसपछि कति छिटो प्रिन्ट गर्न सकिन्छ भनेर थाहा हुन्छ ।”

यस्तै १५ जेठदेखि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका सबै काम अनलाइनबाट नै सुरु हुने उनले जानकारी दिए । “विश्वविद्यालय अन्तर्गत क्याम्पस-क्याम्पसमा पनि यो प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले भने । 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ ११:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट