२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

मोबाइलबाटै पीसी वा म्याक चलाउने ५ स्मार्ट तरिका

काठमाडौँ । डिजिटल जमानामा काम गर्ने तरिका पनि फेरिँदै छ । अब काम गर्न कम्प्युटर वा ल्यापटपको अगाडि बसिरहनु पर्दैन । तपाईं जहाँ भएपनि  मोबाइलबाटै आफ्नो अफिसको कम्प्युटर चलाउन सक्नुहुन्छ । कलेजको प्रोजेक्ट कम्प्युटरमै सेभ छ भने मोबाइलबाटै हेर्नु सक्नुहुन्छ । वा टिभी हेर्दै मिडिया प्लेयर कन्ट्रोल गर्न सकिन्छ । यसले सुविधासँगै तपाईंको समय र ऊर्जा पनि बचाउँछ ।

सामान्यतया हामी मोबाइललाई सामाजिक सञ्जाल हेर्न, गेम खेल्न र फोन कल गर्न प्रयोग गर्छौं । तर, धेरैलाई थाहा यही मोबाइल फोनले पीसी वा म्याक चलाउन सकिन्छ भन्ने थाहा छैन । यही सन्दर्भमा आज हामी तपाईंका लागि मोबाइलबाटै कम्प्युटर चलाउने पाँच उपयोगी, भरपर्दो र स्मार्ट तरिकाबारे जानकारी दिँदैछाैँ:

१. क्रोम रिमोट डेस्कटप (Chrome Remote Desktop)

गुगलको यो निःशुल्क र भरपर्दो एप प्रयोग गरी मोबाइलबाट पीसी र म्याक दुबै चलाउन दिन्छ । यसका लागि यी बेसिक तरिका अपनाए पुग्छ:

  • क्रोम ब्राउजरमा ‘Chrome Remote Desktop’ एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।

  • मोबाइलमा पनि यही एप डाउनलोड गर्नुहोस् ।

  • एउटै गुगल एकाउन्टले दुवै डिभाइस साइन इन गरेपछि आफ्नो कम्प्युटर मोबाइलमै देख्न सक्नुहुन्छ ।

एक पटक सेटअप गरेपछि तपाईं मोबाइलमा माउस कन्ट्रोल, किबोर्ड टाइपिङ, फाइल खोल्ने, एप चलाउने, मिडिया कन्ट्रोल गर्ने जस्ता सुविधा सजिलै लिन सक्नुहुन्छ । भिडिओ क्वालिटीदेखि फ्रेमरेट, सेसन भ्यु सबै कस्टमाइज गर्न सकिने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको पाइन्छ ।

२. टिमभ्युअर (TeamViewer)

विश्वभर चर्चित टिमभ्युअर मोबाइलबाट कम्प्युटर चलाउन मात्रै होइन, रिमोट सपोर्ट दिन पनि मिल्छ । कतै समस्या परेमा टाढाबाट साथीलाई सपोर्ट दिन टिमभ्युअर काम लाग्छ । मोबाइलमा पनि टिमभ्युअरको एप हुन्छ । कम्प्युटरमा TeamViewer इनस्टल गरेर ID र पासवर्ड राखेपछी मोबाइलबाट सजिलै कनेक्ट गर्न सकिन्छ । इन्टरनेट स्पिड कम हुँदा ‘Optimize speed’ सेटिङ अन गर्दा स्क्रिन केही धमिलो देखिए पनि कन्ट्रोल स्मुथ हुन्छ । यदि बारम्बार कनेक्ट गर्नु छ भने ‘Unattended Access’ सेट गर्दा पासवर्ड पटक–पटक हाल्न नपर्ने सुविधा पाइन्छ । 

  • Windows, macOS, Linux, Android सबैमा काम गर्छ ।

  • मोबाइलबाट कम्प्युटर कन्ट्रोल गर्दा च्याट र भ्वाइस कल सुविधा पनि छ ।

  • फाइल ट्रान्सफर, स्क्रिन सेयरिङ र रिमोट सेटिङ कन्ट्रोल गर्न सकिन्छ ।

३. एनीडेस्क (AnyDesk)

एनीडेस्क पनि क्रोम रिमोट डेस्कटप र टिमभ्युअर जस्तै एप हो । तर यो अझ लो लेटेन्सी र उच्च सुरक्षाका लागि चर्चित छ । एनीडेस्कले कम्प्युटरको स्क्रिन मोबाइलमा बिलकुलै सजिलै देखाइदिन्छ । डेस्कटप आईडी मोबाइलमा बुकमार्क गर्न सकिन्छ, ताकि बारम्बार आईडी खोज्न नपरोस् । यदि इन्टरनेट स्पिड कम छ भने फ्रेम रेट घटाउन सकिन्छ र काम स्मुथ गराउन सकिन्छ । रिमोट एक्सेस सुरक्षा संवेदनशील विषय भएकाले पासवर्ड सधैं बलियो राख्न नभुल्नुहोला ।

  • लो लेटेन्सीमा पनि राम्रो चल्छ

  • अनलाइन कनेक्सन कमजोर हुँदा समेत काम गर्ने

  • डेटा सुरक्षामा ध्यान दिइएको एप

४. स्प्लाशटप (Splashtop)

स्प्लाशटप एप खासगरी भिडिओ हेर्न, गेम खेल्न वा मिडिया कन्ट्रोलका लागि बढी काम लाग्छ । यो एपले लो लेटेन्सीमा राम्रो रेस्पोन्स दिन्छ । भिडिओ चलाउँदा ‘High Performance Mode’ अन गर्नुभयो भने स्क्रिन क्लियर देखिन्छ । तर मोबाइल डेटामा चलाउँदा ‘Low Quality Mode’ राख्दा डेटा पनि बच्छ र कनेक्सन पनि स्मुथ हुन्छ ।

  • Game वा भिडियो चलाउँदा ‘High Performance Mode’ अन गर्नुहोस्

  • हटस्पट कनेक्शनमा काम गर्दा ‘Low Quality Mode’ प्रयोग गर्नुहोस्

  • यदि आवाज चाहिंदैन भने कनेक्सन सेटिङमा Audio Routing अफ गर्न सक्नुहुन्छ ।

५. रस्टडेस्क (RustDesk)

रस्टडेस्क ओपन सोर्स एप हो । सुरक्षाका हिसाबले यो एप बढी मन पराइन्छ । यसको सबै डेटा प्राइभेट सर्भरबाट चलाउन सकिन्छ । तर रस्टडेस्क इनस्टल गर्दा कम्प्युटरको फाइरवाल पर्मिसन दिन जरुरी हुन्छ । यदि इन्टरनेट कमजोर छ भने ‘Low Quality Mode’ राखेर काम गर्दा राम्रो रेस्पोन्स आउँछ । तर रस्टडेस्कको एपीके फाइल चाहिँ विश्वसनीय साइटबाट मात्र डाउनलोड गर्न आवश्यक छ ।

  • एपीके फाइल डाउनलोड गर्दा विश्वासिलो साइटबाट मात्र लिनुहोस् । अफिसियल साइट वा गिटहबबाट डाउनलोड गर्न सक्नुहुन्छ । 

  • Firewall Permission दिन नबिर्सनुहोस् । कम्प्युटरमा रस्टडेस्क चलाउँदा Firewall अनुमति दिनुपर्ने हुन्छ, नत्र कनेक्ट हुँदैन । 

  • ‘Low Quality Mode’ एक्टिभ गर्नुहोस् । यदि इन्टरनेट स्पिड कम छ भने यसले भिडियो क्वालिटी घटाएर कन्ट्रोल स्मुथ बनाउँछ ।

यी सबै एप चलाउँदा केही कुरा सधैं ध्यान दिनुपर्छ । मोबाइल र कम्प्युटर दुवैलाई एकै वाईफाई नेटवर्कमा जोड्दा कनेक्सन अझ राम्रो हुन्छ । मोबाइल डेटामा चलाउँदा इन्टरनेट स्पिड कम हुने र डेटा छिट्टै सकिन सक्छ । ‘Remote Session’ सकिएपछि एप बन्द गर्न नभुल्नुहोला । किनभने ब्याकग्राउन्डमा खुलेर छाड्दा डेटा खर्चिन्छ र मोबाइल स्लो हुन सक्छ ।

यदि कुनै प्रोजेक्ट फाइल, मिडिया वा पावरप्वाइन्ट प्रिजेन्टेसन मोबाइलबाट कन्ट्रोल गर्नुपर्नेछ भने मोबाइलमा पनि सम्बन्धित एप राखेर चलाउन सकिन्छ । मोबाइलबाट स्लाइड स्क्रोल, मिडिया स्टार्ट, स्टप वा फाइल एडिट गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १०:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट