काठमाडौँ । सांसद् रामहरि खतिवडाले आफूलाई नेपालको संसद् भवन नजिकै एउटा ठुलो ड्रोन आएर खसेको समाचार प्राप्त भएको बताएका छन् । बुधबार सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो विषय उठान गरेका हुन् ।

“२०८२ साल असार २३ गते बेलुका ९ बजेदेखि ९:३० बजेको समयमा यही संसद् (भवन) को बायाँपट्टि एउटा ठुलो ड्रोन आएर खस्यो भन्ने समाचार प्राप्त भयो,” सांसद् खतिवडाले प्रश्न गरे, “कहाँबाट आएको थियो, त्यो ड्रोन ? केका लागि आएको थियो ? संसद्मा आएर खस्दासम्म संसद्ले थाहा पायो, थाहा पाएन ?”
उनले यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने कामहरू भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय रूपमा आतङ्कवादी गतिविधि भइरहेको बेला यस्तो गम्भीर चासोको विषयमा के भएको हो भन्दै जवाफ माग गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ १४:३७
सामाग्री श्रोत :
टेक पाना