२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

राजा ल्याउँछु भन्दै बितण्डा मच्चाउनेलाई कारवाही हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र स्वीकार नहुने बताएका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए । उनले प्रतिगामी तत्वहरूले आन्दोलनको नाममा तोडफोड र आगजनी गरेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘बितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर दुई-चार हजार मान्छेहरूको बितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारवाही गर्दैन ।’

Ncell 2
Ncell 2

कार्यक्रमको आयोजना गर्ने, घटनामा संलग्न हुनेहरूलाई नछाड्ने चेतावनी दिए । शान्तिपूर्ण प्रदर्शनलाई सरकारले भड्कायो भनेर भइरहेको प्रचार झूटा भएको जिकिर गरे ।

shivam cement
shivam cement

उनले बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको बताए ।

सरकार अहिले नढल्ने भन्दै उनले थपे, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट