२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

फेब्रुअरी १ बाट लकडाउन आंशिक रुपमा खुल्दै

समिम मियाँ
२७ जनवरी २०२१/लिमासोल

मन्त्रीपरिषद्को बैठकले  फेब्रुअरी १ देखि लकडाउनलाई चरणवद्ध रुपमा हटाउने निर्णय गरेको छ। जनवरी १० देखि ३१ सम्म लागू भएको लकडाउनलाई आंशिक रुपमा हटाउने निर्णय भएको स्वास्थ्य मन्त्री कोन्स्तान्टिनुस आयान्नुले बताए ।

“हामिहरु जनवरी १० देखि तीन हप्ताको  लकडाउनमा बस्यौं  जसले माहामारीको स्थितिलाई सुधार गर्दै  प्रतिबन्ध बाट सहजता   तर्फ आउन मद्द्त गरेको छ।” आयान्नुले भने ।

फ्रेरुवरी १ ,सोमबार  ब्युटी सलुन, हेयर ड्रेसर र ब्युटिसियन , मसाज पार्लर र स्पा लगायतका व्यवासाय खुल्नेछन्  । प्राइभेट व्यापारीले अब दैनिक  आफ्नो स्टाफको संख्यालाई आधा बढाउन सक्नेछन् । त्यस्तै, घरमा हुने जमघट माथी प्रतिबन्ध कायम नै राखिएको छ। यद्यपि हाडनाता आफन्त भने २ जना सम्म भेट्न जान सकिने बताइएको छ।

कर्फ्यु को समयलाई यथावत राखिएको छ। राती ९ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागू नै रहने बताइएको छ।

त्यस्तै , 8998 मा गरिने म्यासेज सेवा सुचारु रहने छ। घर बाहिर कुनै कारण ले बाहिर निस्कनु पर्ने भएमा sms गरेर निस्कने मिल्ने यो सिस्टमले दिन मा २ पटक काम विषेशले बाहिर निस्किन अनुमाती प्रदान गर्छ
यसमा दिएको ८ क्याटेगोरी मा एक क्याटेगोरी थप गरिएको छ। ९ नम्बर को क्याटेगोरी भने ब्युटी पार्लर, हेयर सलुन, बार्बर सप, स्पा वा मसाज पार्लर जान को लागि प्रयोग हुनेछ । त्यस्तै, आफन्तको भेटघाटमा जान को लागि क्याटेगोरी ५ प्रयोग गर्न सकिने बताइएको छ।

यसको एक हप्ता पछि फेब्रुअरी ८ बाट भने पब्लिक र प्राइभेट प्राथमिक  स्कुल हरु खुल्ला हुनेछन्।
साथै, खुद्रा पसल, व्यवसाय पनि पुन: खुल्ला हुने घोषणामा बताइएको छ। सपिङ मल, डिपार्टमेन्टल स्टोर पनि पुनः संचालनमा आउनेछन् ।
साथै, घरमा हुने भेटघाटमा ४ जना सम्म पाहुना सामेल हुन सकिने भनिएको छ।

बेटिङ सप, पुरातात्त्विक क्षेत्र र म्युजियमहरु पनि खुल्ला हुने निर्णय भएको छ।

चर्च, मन्दिर मस्जिद लगायतका धार्मिक स्थलमा ५० जना सम्म उपस्तिथि हुन सकिने भए पनि स्वास्थ्य प्रोटोकोल पालना गर्नु पर्ने भनिएको छ।
स्वास्थ्य मन्त्रीका अनुसार यी २ चरण को आन्सिक छुट मा स्वास्थ्य प्रोटोकोल भौतिक दुरि र मास्क को अनिवार्य पालना गर्नु पर्नेछ।

सरकारले दैनिक निशुल्क गराइरहेको टेस्टलाई अझ प्रभावकारी बनाउन टेस्टिङ सेन्टरको संख्या बढाउने निर्णय गरेको छ। हाल साइप्रस भरी २५ टेस्ट सेन्टर चालू रहेकोमा यसलाइ वृद्धि गरि ४० पुर्‍याइने बताइएको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट