
युरोप , साईप्रस , सुरक्षित अप्रवासन सस्थाको सहयोगमा आज बुधवार २५ जना नेपालीहरु स्वदेश फर्केका छन । कोरोना भाइृरसको महामारीले गर्दा साईप्रसमा रहेका नेपालीहरु अत्ति नै प्रभावित भएपछि यहा रहेका विभिन्न समाजिक अगुवा एवमं सघंसस्थाहरुको आग्रह तथा प्रभावितहरुको प्रत्यक्ष सहभागितामा आईएमओ साईप्रसले निशुल्क रुपमा नेपाल फर्काएको हो ।
साईप्रसमा खास गरि नेपाली विद्यार्थीहरु कोरोना पश्चाप्त लकडाउन , साईप्रसमा कामको समास्यासगै कलेज शुल्क तिर्न नक्ने भएपछि उनिहरु स्वदेश फर्किएका हुन । आईएमओ साईप्रसकी प्रतिनिधि नताशाका अनुसार बुधवार दिउसो एक बजे साईप्रसबाट क्यु आर २६६ नम्बरको जहाजले कतार हुदै विहिवार विहान १० बजे नेपालको काठमाडौमा २५ जना नेपालीहरु अवतरण गर्ने जानकारी दिएकी छिन ।
उहाका अनुसार यस अघि पनि लगभग ६३ जना नेपालीहरुलाई निशुल्क मै नेपाल फर्काईएको र अगामी दिनहरुमा पनि नेपाली समुदायहरुलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकी छिन । यता दुखमा परेको समयमा साईप्रसको आईएमओले नेपाली विद्यार्थी एवमं पिडित नेपालीहरुलाई निशुल्क रुपमा स्वदेश फर्काएकोमा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले विशेष धन्यबाद दिएका छन ।
बुधवार आईएमओका कर्मचारीहरु विमानस्थलमै गएर नेपालीहरुको हाथमा टिकट लगाएतका सम्पुर्ण कागजपत्र हस्तान्तरण गरेकोमा गैरअवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले धन्यबाद दिएका थिए ।
एनआरएनए साईप्रसका प्रवक्ता गौतमका अनुसार बुधवार स्वदेश फर्किएकाहरु मध्ये प्रायः विद्यार्थीहरु रहेको जानकारी दिएका छन । गौतमका अनुसार आफुहरु साईप्रसमा रहेका विभिन्न समाजिक सघंस्था एवमं आईएमओ साईप्रससगं गैरआवसीय नेपाली सघंले सहकार्य गरेर नेपाली समुदायहरुलाई स्वदेश फर्काउनमा सहयोग गरिरहेको बताए ।
समिम मियाँ
१० नोभेम्बर २०२०/ लिमासोल
साइप्रसमा पछिल्लो २४ घन्टामा कोरोनाका १९८ बिरामी फेला छन्। मंगलबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा ४१४३ नमुना परिक्षणमा १९८ मा संक्रमण पुष्टी भएको हो। संक्रमितको निकट सम्पर्क मा आएका ६४२ मध्य ७८ मा कोरोना देखिएको छ। त्यस्तै व्याक्तिगत रुपमा टेस्ट गराउने २३९९ मध्य ८७ मा कोभिड १९ देखिएको हो। सरकरी अस्पतालका ल्याबमा संकलन गरिएका २२० नमुना मा १४ मा , एयरपोर्टमा संकलित ५३८ नमुना परिक्षण गर्दा ७ जनामा र डाक्टरको सिफारिस गरेका २५६ को नमुना टेस्ट गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको हो।
आजको नयाँ तत्थ्याङ्क संगै हाल सम्म ६२९६ मा कोरोना पुष्टी भै सकेको छ भंने १८८२ निको भै सकेका छन्। हाल सम्म २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
फामागुस्ता हस्पिटलमा हाल ५९ जना कोरिना पोजेटिभ बिरामीले उपचार गराई रहेका छन् भने ति मध्य ४ जना आइ सी यु मा भर्ना भएका छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा पनि ७ जना आइ सी यु मा छन् भने अन्य १० जना कोभिड वाड मा भर्ना भएका छन्।
भोलि के हुन्छ ?
भोलि हुने मन्त्रिपरिषदको बैठकले पूर्ण लकडाउन हुने वा स्थानिय स्तरमा लकडाउन हुने वा अन्य कडा नियम लागु हुने बारे निर्णय गर्नेछ। महामारी रोगका विज्ञहरुको सल्लाहकार कमिटिले आफ्नो सिफारिस हिजो नै रास्ट्रपति समक्ष बुझाइ सकेको छ। जानकारहरुका अनुसार सल्लाहकार कमिटिले स्थानिय लकडाउन गर्दा प्रभावकारी हुने जिकिर गरेका छन्।
खास गरि लिमासोल र पापोस जिल्लामा मात्र लकडाउन हुने सम्भावना धेरै भएको र अन्य जिल्लामा पनि कडा नियम लागु हुन् सक्ने सम्भावना रहेको स्थानिय मिडियाले लेखेका छन्।
मन्त्रिपरिषदको बैठक पछि रास्ट्रपति ले नै स्वयम् घोसणा गर्ने बताइएको छ।
समिम मियाँ
१० नोभेम्बर २०२०/ लिमासोल
राष्ट्रपति नोकोस अनास्टसियादेश सँग रोग महामारी विज्ञको सल्लाहकार कमिटिले सोमबार छलफल गरि महामारीको स्थिति बारे जानकारी गराएको छ। कमिटिले राष्ट्रपति समक्ष कोरोना नियन्त्रण गर्न, जनस्वास्थ्य प्रणाली को सम्बन्धमा , महामारी बारे गरिएको अध्ययन र पछिल्लो दिनको कोरोना अपडेट बारे पनि जानकारी गराएको हो।
साथै, कोरोना नियन्त्रण गर्न सरकारले चाल्नु पर्ने कदमको सिफारिस गरेको छ। सिफारिसमा सामान्य उपाय देखि पुर्ण लकडाउन, स्थानीय स्तरको लकडाउन वा कडा नियम बारे बताइएको छ।
हाल लिमासोल र पापोस रेड जोन मा रहेको कोरोनाको हटस्पट मानिएको छ। गत महिना लिमासोल बाट मात्रै १८०० जना संक्रमित भेटिएका थिए। जसको कारण सरकारको पछिल्लो केहि घोषणामा अन्य जिल्ला भन्दा लिमासोल र पापोस मा विशेष नियम लागु गर्दै आएको छ।
कमिटि संग को छलफल पश्चात राष्ट्रपतिले २ दिन भित्र निर्णय गर्ने सरकारका प्रवक्ताले जानकारी दिए। बुधबार बेलुकी ७.४५ बजे मन्त्रीपरिषदको बैठक पश्चात स्वास्थ्य मंत्री वा रास्ट्रपति स्वयम् ले निर्णय बारे जानकारी दिने छन्।
पुर्ण लकडाउन गर्नु भन्दा आवश्यकता अनुसार जहाँ जुनसुकै स्थानमा स्थानीय स्तरमा नियम लागु गर्दा प्रभावकारी हुने सल्लाहकार कमिटिमा आवद्द सदस्यहरुका बताएका छन्।
हालको परिस्थिति हेर्ने हो भने अन्य जिल्ला बाहेक लिमासोल र पापोसमा स्थानीय लकाडाउन लागु गर्न सक्ने सम्भावना देखिएको छ। अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्ने र स्कुल भने नियमित खुल्ला हुन सक्ने सम्भावना धेरै छ।
विश्व स्वास्थ्य संगठनले पनि स्थानीय स्तरमा कदम उठाउन सुझाव दिने गरेको छ।
युनिभर्सिटी अफ निकोसिया मेडिकल स्कुल का माइक्रोबायोलजी तथा भाइरोलोजि प्रोफेसरले अहिले नै कदम नचालिए अस्पतालमा बिरामीको अत्याधिक चाप बढ्न सक्ने बताउनु भयो।
सोमबार सम्म अस्पताल भर्ना हुने को संख्या ८५ पुगिसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
आज दिइने स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट ले भोलि हुने निर्णय मा महत्वपूर्ण भूमिका खेल्नेछ।
समिम मियाँ
०७ नोभेम्बर २०२०
कोरोना महामारी सुरु भए देखि कै यता सम्मकै रेकर्ड तोड्दै साइप्रसमा आज ३१४ मा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३१४ नयाँ बिरामी संगै एक वृद्ध को मृत्यु भएको छ। फामागुस्ता हस्पिटलमा भर्ना भएका वृद्धमा कोरोना संक्रमण संगै अन्य स्वास्थ्य समस्या भएको बताइएको छ। हालसम्म कोरोनाका कै कारण २७ जनाले ज्यान गुमाइसकेका छन्। आजको नयाँ तथ्यांक सहित गत मार्च देखि हाल सम्म ५८७१ जना संक्रमित भएका छन् भने १८८२ जना निको भैसकेका छन्। शनिवार ४२१८ नमुना को परिक्षण गरिएको थियो।
स्वास्थ्य मंत्री कोन्स्टाटिनुस आयान्नु ले सर्वसाधारण जनतामा लागु गरिएका नियम पालना गर्न आग्रह गर्नु भएको छ।
शनिवार विभिन्न बधशालामा कार्यरत कर्मचारीमा टेस्ट गर्दा ९२ जना मा कोरोना देखिए पछि ” अत्यन्तै चिन्ताजनक ” भएको प्रतिक्रिया दिदै बधशालामा उचित सुरक्षाका उपाय पालना नगरिएको र “हेल्थ प्रोटोकोल” को उल्लंघन गरिएको टिप्पणी गर्नु भयो। बधशालामा “हेल्थ इन्स्पेक्टर” को रुपमा कार्यरत तिन जना भेटनरी स्टाफमा शुक्रबार परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि अन्य स्टाफ,मा पनि परिक्षण गरिएको थियो। संक्रमण भेटिएको बधशाला अहिले बन्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
“दुर्भाग्यबस, अधिकांस अवस्थामा परामर्श, अपिल, निर्देशन, सुरक्षाका उपाय, सुविधा र चेतावनी दिइए पनि सर्वसाधारणमा उदासिनता छ जुन माफीयोग्य छैन।” मंत्री आयान्नु ले भन्नु भयो।
मन्त्रालयका अनुसार ६० जना कन्ट्याक्ट ट्रेसिंगबाट, व्याक्तिगत रुपमा परिक्षण गराउनेबाट ९४ जनामा, सरकारी हस्पिटल ल्याबबाट १४ जना, एयरपोर्ट बाट ४४ जना र डाक्टरको सिफारिसबाट परिक्षण गराउने २६१ मध्य ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै, स्कुल बाट एक जना र ८ जना आप्रावासीमा पनि कोभिड १९ पोजेटिभ देखिएको छ।
सरकारले कोभिड १९ अस्पताल को रुपमा परिवर्तन गरेको फामागुस्ता हस्पिटलमा शनिवार सम्म भर्ना हुनेको संख्या ५३ पुगेको छ थप बिरामी बढ्न सक्ने अनुमान अनुसारको अस्पतालले आवश्यक तयारी गरिसकेको छ। अहिले एक हजार भन्दा बढि सक्रिय संक्रमित ‘सेल्फ आइसोलेसन’ मा आ-आफ्नै घरमा छन्।
Read also : साइप्रसमा लागु भयो नयाँ नियम, लिमासोलाको पार्क सबै बन्द
०५/ नोभेम्बर २०२०
कोरोनाको दोस्रो लहर संग संगै कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको फैलावट रोक्न र जनजीवन सामान्य बनाउने प्रयास स्वरुप हाल कडा कदम चालिएको स्वास्थ्य मन्त्रीले बताए। साइप्रस सरकारले यो अवस्थालाई नियन्त्रण गर्न देश भरि विभिन्न श्रेणीमा नियम लागु गरेको छ जुन आगामी १५ जनवरी सम्म रहनेछ। सरकारले लकडाउन खुल्ला गरे पनि अगस्त देखि विभिन्न नियम लागु गर्दै आएको छ। लागु गरिएका नियमहरु कोरोना भाइरस को फैलावट रोक्न गरिएको भए पनि दुर्भाग्यवस भाइरसको नियन्त्रण गर्न नसकिएको स्वास्थ्य मन्त्रीले बताए। ” साइप्रस सानो छ, हामीले चाहेको नियम लागु गरेर भाइरस नियन्त्रण गर्न सम्भव छैन किनकि एक जिल्ला बाट अर्को जिल्लामा संक्रमण सजिलै फैलिन सक्छ” मन्त्री अयान्नु ले भने।
यता, लिमासोलाका मेयर निकोस निकोलाइदेसले अहिले संकट निकै गम्भीर भएको बताएका छन्। अहिले सम्म गरिएका विभिन्न प्रयासले कोरोनाको दोस्रो लहरलाइ गरेको आसा अनुसारको नतिजा नपाएको उनले भने । “विज्ञहरुका अनुसार हाम्रो जनतामा केहि यस्ता समुह छन् जसले अहिलेको परिस्थितिलाई गम्भीर रुपमा लिएका छैनन् ” तर विज्ञहरुको सुझाब मान्नु बाहेक हामि संग अरु उपाए छैन “. उनले थपे।
लिमासोल नगरपालिकाले बालबालिका खेल्ने खेल मैदान, पब्लिक गार्डन तथा पार्कहरु बन्द गरेको छ। नयाँ नियममा बताइए अनुसार पार्क लगायतका स्थान१६ नोभेम्बर सम्म बन्द गरिएको हो।
सरकारले घोषणा गरेको ३ श्रेणी के के हो र कति समय सम्म लागु हुन्छ ?
पहिलो श्रेणी “।(क्याटेगोरी ए )
५ नोभेम्बर २०२० देखि १५ जनवरी २०२० सम्म लागु हुने मध्यावती नियम
१. चलचित्र हल र नाटक थियटरहरु मा ५० % सिट भरिने गरि संचालन गर्न पाइने
२. सभा, सम्मेलन, सेमिनार लगायतका कार्यक्रम संचालन गर्न सकिनेछ तर प्रति व्याक्ति ३ मिटर स्क्वायर को दुरी कायम राखी बढीमा २५० जना सम्म उपस्थित हुन सकिने छ। तर सो कार्यक्रम भरिको समयमा चियाकफी वा खाजा नास्ता गर्न बन्देज गरिएको छ।
३. सुपरमार्केट, मिनी मार्केट, बुचर र बेकरी जस्ता दैनिक उपभोग्य सामान खरिद गर्नका लागि वृद्धवृद्ध र अपाङ्गका लागी अलग समय छुट्याएको छ। पसल खुल्ने समय देखि बिहान ९ बजे सम्म र दिउसो १ देखि २ बजे सम्म माथि उल्लेखित समुहले मात्र सपिङ्ग गर्न पाउनेछन।
४. उमेर १२ वर्ष माथिका बालबालिका र सबै सर्वसाधारणले मास्क लगाउन अनिवार्य गरिएको छ।
५. नोभेम्बर १३ देखि १५ जनवरी २०२१ सम्म बिबाह र किर्स्तिनिग (नवजात बच्चालाइ पवित्र पानी छर्केर पवित्र पारिने एक किसिमको रीति ) मा ककटेल पार्टी वा बधाई दिने समारोह गर्न मनाही गरिएको छ। भोजमा सरिक हुन् सकिने छ यदपि एक टेबल मा ६ जना भन्दा बढि बस्न पाइनेछैन।
दोस्रो श्रेणी “।(क्याटेगोरी बि ) ५ नोभेम्बर २०२० देखि ३० नोभेम्बर २०२० सम्म देश भर लागु हुने नियम
१. सार्वजनिक स्थान र घर मा व्याक्तिहरु भेला भै जमघट गर्न सकिनेछ। तर घर मा हुने जमघटमा भने बालबच्चा सहित बढी १० जना मात्र जम्मा हुन सकिने छ। वा सार्वजिक स्थानमा बढी मा एक ग्रुप मा १० जना सम्म जम्मा हुन सकिने छ।
२. सबै किसिमका रेस्टुरेन्ट तथा डाइनिङ्ग एरिया (बसेर खाना खाने ठाउँ) राति १०.३० बजे पछि ”डाइन इन ” का लागि बन्द हुनेछन तर डेलिभरी सेवा भने जारि राख्न सकिनेछ। तर लार्नाका र पापोस एयरपोर्टमा यो नियम लागु हुने छैन।
३. रेस्टुरेन्ट भित्र ७५ र बाहिर १५० जना बसेर सेवा लिन सक्नेछन्। प्रति टेबल ६ जना मात्र बस्न पाउनेछन्।
४. राति ११ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुनेछ। अत्यावस्यक सेवा ( अस्पताल,फार्मेसी जान/आउँन ) वा काममा जान बाहेक अन्य सर्वसाधारण लाई बाहिर निस्किन मनाही गरिएको छ। कर्फ्यु तोड्नेल़ाई ३०० युरो जरिवाना लाग्नेछ।
५. चर्च, मस्जिद जस्ता धार्मिक स्थलमा ७५ जना भन्दा बढी जम्मा हुन पाइनेछैन तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।
६. दर्शक को उपस्थिति बिना च्यापियनशिप खेल हरु संचालन गर्न सकिने छ तर “हेल्थ प्रोटोकोल” पालना गर्नु पर्ने छ।
७. घेराबन्द स्थानका खेलमैदानमा ५० जना र खुल्ला खेल मैदानमा १५० जना सहभागी हुन् सकिनेछ। तर बच्चाहरुको प्लेपार्क मा जन्मदिन को पार्टी मनाउदा १० जना भन्दा बढी जम्मा हुन् पाइने छैन।
८. जिम हलको लकर रुम बन्द रहनेछ।
तेस्रो श्रेणी “।(क्याटेगोरी सी ) पापोस र लिमासोलामा ५ नोभेम्बर २०२० देखि १६ नोभेम्बर २०२० सम्म लागु हुने विशेष नियम
१. १८ वर्ष मुनिका बालबालिका को लागी आयोजना हुने सबै किसिमका खेलकुद वा सामाजिक क्रियाकलाप मा प्रतिबन्ध लगाइएको छ।
२. कर्मचारी वा स्थाफको अलग अलग ड्युटी समय वा अलग ग्रुप बनाइ काम गराउनु पर्ने जसले कोहि संक्रमित भए अन्य व्याक्ति मा भाइरस नसरोस्
३. अलग अलग ग्रुप र स्टाफका लागि अलग अलगै “ब्रेक टाइम वा रेस्ट टाइम ” गर्नु पर्ने
४. अफिसका कार्य सके सम्म “वर्क फ्रम होम ” गर्नु पर्ने वा मिटिंग पनि अनलाइन गर्नु पर्ने छ।
०५/नोभेम्बर २०२०
अध्यनको लागि साइप्रस आईपुगेका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। हिजो वुधबार निकोसियामा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्म हत्या गरेको प्रहरीले जनाएको छ। मृतक २१ वर्षीय रोशन अधिकारी रहेको पुस्टि भएको छ। कास्की जिल्ला पोखरा घर भै हाल निकोसियाको स्ट्रोभोलोस मा बस्दै आएका अधिकारी सिटि युनिटि कलेजमा अध्ययनरत थिए। गत वर्ष अक्टोबरमा साइप्रस आएका उनि आफ्ना काकाको छोराहरु संगै बस्दै आएका थिए।

प्राप्त जानकारी अनुसार काम नपाउनाले डिप्रेसन रहेकाले आत्महत्या गरेको हुन सक्ने नजिकका साथिहरुले बताएका छन्। बुधबार बिहान करिब १०.३० बजे झुण्डिएको अवस्थामा रुमका साथीहरुले फेला पारेको प्रहरी रिपोर्टमा उल्लेख छ।
गत सेप्टेम्बर मा काभ्रे घर भै लार्नाका मा चौध महिना देखि घरेलु कामदारको रुपमा कार्यरत ४४ वर्शिय मिना तामाङ ले पनि आत्महत्या गरेकी थिइन्।
०२ नोभेम्बर २०२०/ लिमासोल
चक्कु प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका ५ भारतीयको मुद्दामा आज अदालतले फैसला सुनाएको छ। गत जुन २१ मा निकोसियाको लिद्रामा २१ वर्षीय भारतीय नागरिकलाई भिसा सम्बन्धी कलह हुँदा चक्कु प्रहार गरेका मुख्य आरोपीलाई निकोसियाको अदालतले जन्मकैदको सजाय सुनाएको छ।
हत्यामा सहभागी अन्य ३ जनालाई १४ वर्ष जेलको सजाय सुनाएको छ भने अर्का एक आरोपीलाई १७ वर्ष कैदको फैसला सुनाएको हो। हत्यामा संलग्न अर्का एक आपराधि हाल फरार छन्।
चक्कु प्रहार गर्ने मुख्य अभियुक्तले हत्या गरेको कबुल गरेको, हत्या षड्यन्त्र, शारीरिक हानी नोक्सानी, चोटपटकको आरोपमा दोषी ठहरिए पछि जन्म कैद को फैसला भएको स्थानीय मिदियाले खबर छापेका छन्। अन्य चार जना पनि हत्या, गम्भीर शारीरिक चोटपटक लगायतका कार्यमा दोषी ठहरिएका थिए।
जुन २१ को घटनामा २ अन्य पनि घाइते भएका थिए। घटनाको सिसिटिभी फुटेज सामाजिक संजालमा भाइरल भएको थियो।
०१ नोभेम्बर २०२० /लिमासोल
पछिल्लो २४ घन्टामा कोरोनाका १९७ मामिला देखा परेको छ। साइप्रसको स्वास्थ्य मन्त्रालयले आइतबार साँझ दिएको जानकारी अनुसार देश भरिका ल्याबमा गरिएको ३०५३ नमुना परिक्षणमा १९७ मा कोरोना पुष्टी भएको हो। आजको आंकडा सहित हाल सम्म को कोरोना संक्रमितको संख्या ४५६३ पुगेको छ भने २६ जनाको मृत्यु भैसकेको छ। आजको ताजा डाटाले समुदायमा ११ मध्य १ जनामा संक्रमित भएको देखाएको छ। यसको अर्थ कोरोना को फैलावट समुदायमा झनै बढ्दो छ। सतर्कता अपनाउदै भौतिक दुरी कायम गर्नु भाइरस संग बच्ने सबैभन्दा राम्रो उपाय हो।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै संक्रमित कन्ट्याक्ट ट्रेसिङ्ग मार्फत संकलन गरिएको नमुनामा देखिएको हो। ३०० नमुना मध्य ८१ जनामा कोरोना पोजेटिभ पाइएको हो। त्यस्तै, व्याक्तिगत रुपमा टेस्ट गराउन जाने ८२६ जना मध्य ७३ जनामा पनि कोरोना पुष्टी भएको छ । १३० नमुना सरकारी हस्पिटलमा टेस्ट गरिदा दश जनामा, एयरपोर्ट बाट संकलित ९७८ नमुना बाट १६ जना, स्कुल परिक्षण कार्यक्रम अन्तर्गत २५४ नमुनामा ४ जनामा कोभिड १९ देखिएको हो। अन्य १३ मामिला भने फुटबल क्लब, लिमासोलाको किपोरुन्ता गाउका स्थानिय बासिन्दा र रिफ्युजी क्याम्प बाट फेला परेको हो।
हाल फामागुस्ता हस्पिटलमा २६ जना र निकोसिया जेनेरल हस्पिटलमा १३ जना कोरोना संक्रमणका कारण भर्ना भएका छन्।
३० अक्टोबर २०२० /लिमासोल
पछिल्लो २४ घन्टामा साइप्रसमा कोरोनाका १६६ नयाँ मामिला देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३६७२ परिक्षणमा १६६ मा कोरोना देखिएको हो। आजको ताजा तथ्यांक सहित हाल सम्म कोरोना संक्रमित को संख्या ४२१७ पुगेको छ। कोरोना फैलावट तिव्र वृद्धि भए पछि सरकारले यसलाई नियन्त्रण गर्न देश भर विभिन्न नियम लागु गरे पनि संक्रमण को क्रम भने कम भएको छैन। मन्त्रालयले अब सुरु हुने जाडो महिनामा कोरोना संक्रमण थप वृद्धि हुने अनुमान गरेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुस्टि भएका व्याक्तिको निकट सम्पर्क मा आएका व्याक्तिहरुको कन्ट्राक ट्रेसिङ्ग गरि ५९७ टेस्ट गर्दा २० जनामा कोरोना देखिएको थियो। त्यस्तै, १८०५ जनाले व्याक्तिगत रुपमा परिक्षण गराउदा १२३ जनामा कोरोना पोजेटिभ भेटिएको छ। यता, देशका २ मुख्य एयरपोर्टमा ८८७ जनाको नमुना संकलन गरि परिक्षण गर्दा ७ जनामा कोभिड १९ पोजेटिभ रहेको पाइयो।
डाक्टरको सिफारिसमा ६३ टेस्ट गरिएकोमा २ जना, सरकारी अस्पतालका ल्याबमा परिक्षण गरिएका २३४ नमुनामा ११ मा कोरोना पोजेटिभ भएका बिरामी पाइएका थिए। सरकारले विभिन्न स्कुलमा विधार्थी, शिक्षक र स्टाफहरुको परिक्षण गर्ने कार्यक्रम अन्तरर्गत ४७ परिक्षण गर्दा १ जना पोजेटिभ भेटिए भने फुटबल क्लबमा ३९ नमुनामा २ मा कोभिद १९ भएको पुस्टि भएको छ।
हाल विभिन्न हस्पिटलमा ३४ जना कोरोनाका बिरामि उपचाररत छन्। हिजो बिहिबार पनि १२१ मा कोरोना संक्रमण भेटिएको थियो।
यो पनि पढ्नुहोस : साइप्रसमा हत्या गरिएका अमागाई को हत्यारालाइ ७ वर्षको सजाय
३० अक्टोबर २०२० / लिमासोल
गत मे महिनामा बिबेक अमगाईको हत्या गरेका नेपालीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ। आज शुक्रबार निकोसियाको अदालतले हत्याको मुद्दा माथि सुनुवाई गर्दै सात वर्षको सजाय सुनाएको हो। प्रहरीले अभियुक्तको पहिचान खुलाएको छैन।
मे महिनाको ५ तारिख राति निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका साथी बिच झगडा भएको थियो। घरको काम विसयमा बहस चर्किएपछी चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए । सो रात घरमा संगै बस्ने सात जना नशामा रहेको अदालतको सुनुवाइमा खुलेको छ।
चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई अध्ययन को शिलशिलामा साइप्रस आएका थिए।
श्रोत : स्थानीय मिडिया : इन साइप्रस




