२०८२ श्रावण ८ बुधबार
LATEST NEWS
२०८२ श्रावण ८ बुधबार

फाइभजी सुरु नगरेपछि दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग सञ्चारमन्त्री ‘फायर’

काठमाडौँ । आफूले पटक-पटक निर्देशन दिँदा पनि एक वर्षसम्म फाइभजी सेवा सुरु नभएको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार सञ्चार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा मन्त्री गुरुङले तत्काल फाइभजी सेवा विस्तारको काम अघि बढाउन दुवै निकायलाई कडा निर्देशन दिए ।

छलफलका क्रममा मन्त्री गुरुङले टेलिकमको सेवा सैद्धान्तिक रूपमा मात्रै देशभर पुगेको आरोप लगाउँदै फोरजी नेटवर्कलाई जनताको घरघरमा पुर्‍याउने कामलाई प्राथमिकता दिन निर्देशन दिए । उनले इन्टरनेट र टेलिफोन सेवामा बारम्बार देखिने समस्या समाधान गर्न र विशेषगरी राजमार्गहरूमा नेटवर्कको गुणस्तर सुधार्न पनि सचेत गराए ।

“जहाँ जनतालाई अति आवश्यक पर्छ, त्यहाँ एनटीसी हुनुपर्छ । यो वर्ष छिट्टै फाइभजी लन्च गर्नुपर्छ,” मन्त्री गुरुङले भने । उनले टेलिकमको प्रचारप्रसार शैली कमजोर भएको औँल्याउँदै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सेवा विस्तारबारे जानकारी गराउन सुझावसमेत दिए । 

बैठकमा प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले फाइभजी सेवा सुरु गर्ने काम लगभग अन्तिम चरणमा पुगेको मन्त्रीसमक्ष दाबी गरे । उनले अबको केही समयमै टेन्डर प्रक्रिया थालेर टेलिकम नेटवर्क विस्तार थालिने बताए । यस्तै, टेलिकमकी निमित्त प्रबन्ध निर्देशक सबिना मास्के (प्रधान)ले फोरजी विस्तारको काम निरन्तर भइरहेको र फाइभजीको तयारीमा जुटेको बताइन् ।

सोही अवसरमा सञ्चारसचिव एवं टेलिकम सञ्चालक समितिकी अध्यक्ष राधिका अर्यालले टेलिकमले आफ्नो सेवाको अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १७:५३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट